Sajhamanch Archive

कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास.

काठमाडाैं । प्रदेश–१ सरकारले विराटनगरस्थित कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने भएको छ । प्रदेश सरकारले काठमाडांैस्थित वीर अस्पतालसँगको सहकार्यमा यसै वर्षदेखि अञ्चल अस्पताल कोसीमा एमडीको अध्ययन अध्यापनको तयारी गर्न लागेको हो । सामाजिक विकास मन्त्रालयले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न लागिएको जानकारी दिएको छ […]

सरकारले स्वास्थ्य उपचारमा गरिब जनताको पहुँच सहज गर्नुपर्छ : उपप्रधानमन्त्री यादव

Published: (Updated: ) in राजनीति by . Leave a Comment on सरकारले स्वास्थ्य उपचारमा गरिब जनताको पहुँच सहज गर्नुपर्छ : उपप्रधानमन्त्री यादव.

काठमाडौं ।  उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरिब जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउन जोड दिनुपर्ने बताएका छन्। उपप्रधानमन्त्री यादवले गरिब जनताको उपचारका लागि स्थापना हुने स्वास्थ्य संस्थाहरूलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए। शुक्रबार ललितपुरस्थित बी एण्ड बी अस्पतालले स्थापना गरेको अत्याधुनिक सुविधासहितको बी एण्ड बी कार्डियाक केयर सेन्टरको उद्घाटन गर्दै उनले […]

सर्वोच्चको आदेशमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत फर्किए काममा

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on सर्वोच्चको आदेशमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत फर्किए काममा.

काठमाडौं ।  नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद नियमित काममा फर्किएका छन्। सर्वोच्च अदालतले आदेश दिएपछि प्रमुख कार्यकारी अधिकृत साउद शुक्रबारबाट आफ्नो नियमित काममा फर्किएका हुन्। गत असार २० गते मन्त्रिपरिषद्को बैठकले यसअघिको सरकारले २०७४ भदौ १४ यताका नियुक्ति खारेजी गर्ने निर्णयसँगै उनको पद पनि खारेज भएको थियो। त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले […]

विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउनुस् , नत्र फसिएला

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउनुस् , नत्र फसिएला.

काठमाडौं । नेपाली उपभोक्ताको मोबाइलमा विदेशी कल बारम्बार आउन थालेपछि नेपाल टेलिकमले चासो देखाएको छ । टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गर्दै उपभेक्तालाई सचेत गराएको हो। नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको र यसबारे सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा चासो समेत व्यक्त भइरहेका बेला टेलिकमले कल रिसिभ नगर्न आह्वान गरेको […]

संसदमा विधेयक पठाउन सरकारलाई सभामुखको आग्रह

Published: (Updated: ) in राजनीति by . Leave a Comment on संसदमा विधेयक पठाउन सरकारलाई सभामुखको आग्रह.

काठमाडौं ।  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणका लागि विधेयकहरू छिटोभन्दा छिटो संसदमा पेश गर्न सरकारलाई आग्रह गरेका छन्। सभामुख महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण गरेर मात्रै संघीयता कार्यान्वयनमा देखिएका समस्यालाई हल गर्न सकिने बताए। उनले संघीयता कार्यान्वयनका लागि कानुन तर्जुमा गरेर प्रदेश र स्थानीय तह संचालन तथा केन्द्र सरकारको सहजीकरणको कामलाई […]

सगरमाथा लोकमार्ग ३ सातादेखि बन्द

Published: (Updated: ) in समाज by . Leave a Comment on सगरमाथा लोकमार्ग ३ सातादेखि बन्द.

उदयपुर । उदयपुर सदरमुकामसँग पहाडी भेग र खोटाङलाई सोझो सम्पर्कमा जोड्ने मुख्य सडक गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको रानीबास–फोक्सिन्टार खण्डमा झण्डै ३ सातायता पहिरो गएर अवरुद्ध सडक अझै खुल्न सकेको छैन। सो खण्डमा पर्ने त्रियुगा नगरपालिका १५ खाँबुको रातमाटेस्थित सडकमा गएको पहिरो हटाइएपनि अर्को ठाउँको पहिरोले यातायात सुचारु हुन नसकेको हो। ३ दिन लगातार परेको पानीले ३ […]

सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय : ७५ प्रतिशत लेभलिङको काम सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय : ७५ प्रतिशत लेभलिङको काम सम्पन्न.

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ । नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलका अनुसार २२५ मध्ये १७० किलोमिटरमा लेभलिङको काम सकिएको छ । टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गरेको थियो । अब ५५ किलोमिटर […]

रुसी महिलालाई ६ जनाद्वारा एक हप्तासम्म बलात्कृत

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on रुसी महिलालाई ६ जनाद्वारा एक हप्तासम्म बलात्कृत.

भारतको चेन्नइमा एक रुसी महिलालाई ६ जना पुरुषले लागूऔषध खुवाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ। बलात्कारमा संलग्न ६ जना पक्राउ परेका छन्। भारतीय अधिकारीहरूका अनुसार ती महिलालाई एक हप्तासम्म बलात्कार गरेका थिए। त्यस क्रममा ती महिलालाई धेरै मात्रामा लागूऔषध खुवाइएको खुलेको छ। प्रहरीले ती महिलालाई बलात्कारमा संलग्नको आशंकामा थप व्यक्तिहरूको खोजी र छानबिन सुरु […]

विना सुचना विद्युत काटिएपछि गाउँलेले प्राधिकरणका हाकिमलाई ४ घण्टासम्म घाममा सेकाए

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on विना सुचना विद्युत काटिएपछि गाउँलेले प्राधिकरणका हाकिमलाई ४ घण्टासम्म घाममा सेकाए.

सुरुङ्गा । सेवाग्राहीले विद्युत प्राधिकरण सुरुङ्गाका प्रमुख बुद्धि धिमाललाई ४ घण्टासम्म तातो घाममा उभ्याएर सजाय दिएका छन् । स्थानीय बासीले विना सुचना विद्युत काटेर सास्ती दिएको भन्दै प्रमुखलाई तातो घाममा राखेका हुन् । विहीबार ११ बजे विद्युत प्राधिकरण घेर्न पुगेका सयौ सर्वसाधरणलाई प्रहरीले विद्युत प्राधिकरणभित्र प्रवेश गर्नबाट रोकेपछि उनीहरुले विद्युत प्राधिकरणका हाकिमसहित सबै कर्मचारीलाई कार्यकक्षबाट […]

उत्पादित टमाटर विक्री नहुदा कृषकले सडकमा फाले

Published: (Updated: ) in समाज by . Leave a Comment on उत्पादित टमाटर विक्री नहुदा कृषकले सडकमा फाले.

पाँचथर  । विक्री हुन छोडेपछि कृषकहरुले सडकमै टमाटर फालेर विरोध जनाएका छन् । पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. १ का टमाटर कृषकहरुले सडकमै टमाटर फालेर विरोध जनाएका हुन् । नेपाल सरकारले टमाटरमा पकेट क्षेत्रको रुपमा विस्तार गरिरहेको हिलिहाङ गाँउपालिका र याङवरक गाँउपालिकाका किसानहरुले यहाँ उत्पादित टमाटरको बजार खोजिदिनुपर्ने, भारतीय अवरोध हटाउन पहल गर्नुपर्ने माग समेत […]