काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिएका ३१ जना अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपा नेतृत्वको सरकारका निर्णयहरु स्वतन्त्रता विरोधी र स्वेच्छाचारी भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले शनिबार दिउँसो बालुवाटारमा धर्ना दिएको थियो । प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, महासचिव उत्तम पुडासैनी, सचिव […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका छन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले पर्यटन क्षेत्रको समुचित विकासका लागि तत्काल एक लाखभन्दा बढी युवाहरुलाई तालिम दिने योजना पनि अघि सारे । शनिबार गौरीशंकर गाउँपालिकाका सगरमाथा आरोहीहरुको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एक वर्षभित्र गौतमबुद्ध […]
भद्रपुर । उपन्यासकार पवन निलको पहिलो उपन्यास खुल्दुली विमोचन गरिएको छ । प्राध्यापक डाक्टर गोपाल भण्डारी, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, महाकाव्यकार रोहिणीविलास लुइटेलले सम्युक्त रूपमा चन्द्रगढीमा एक कार्यक्रमका बीच उपन्यासको विमोचन गरेका हुन् । समालोचक राजेन्द्र प्रसाईले उपन्यासको समीक्षा गर्दै समाज प्रेम र द्वन्द्व बीचको सन्तुलन भएको प्रष्ट्याए । उनले उपन्यासले नेपाली समाजलाई रौं […]
भद्रपुर । झापाका पूर्वी नाका भद्रपुर, कांकरभिट्टा लगायतका क्षेत्रमा भारतीय क्षेत्रमा सञ्चालित अवैध चिट्ठामा लत बसेकै कारण सयौं परिवारको बिल्लीबाठ हुने अवस्था आए पनि प्रहरी प्रशासन रमिते बन्ने गरेको छ । केही महिना अगाडि झापाको प्रहरी प्रशासनले सक्रियता देखाउँदै अवैध चिट्ठा रोकेको जस्तो देखिए पनि पछिल्लो समय भने खुल्ला रूपमा भारतीय चिट्ठा बिक्री हुन थालेको […]
भद्रपुर । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा निर्माणका चरणमा रहेको चारआली केचना सडक खण्डको सडक नाला निर्माण तथा पानीको निकास डिजाइन गलत हुँदा बाढी सडकमा पस्न थालेको छ । सामान्य पानी पर्दा पनि सडक नालामा जम्मा हुने पानीको निकास बग्ने सामान्य होम पाइप राखेका कारण वर्षाद बढ्ने बित्तिकै पानी सडक माथि बग्ने गरेको हो […]
पाँचथर । प्रतिबन्धित सालकको खपेटासहित एक जनालाई पाँचथर प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका ३ बस्ने ५३ वर्षीय फुपुठिले शेर्पालाई रहेको प्रहरीले जनाएको छ । सवारी चेकजाँचको क्रममा ११ केजी सालकको खपेटा (अखेटोपहार) सहित शेर्पालाई पक्राउ गरिएको पाँचथरका प्रहरी सहायक निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । ईलाका प्रहरी कार्यालय अमरपुर पाँचथरबाट खटिएको […]
झापा । आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीका अवसरमा कलाकार तथा सामाजिक अभियान्ता दम्पति सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सहित ६ जनालाई झापामा सम्मान गरिएको छ। झापाको मेचीनगरस्थित भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएकाेमा उच्च मूल्यांकन गर्दै सामाजिक अभियन्ता दम्पति कट्टेल र घिमिरेलाई नगद एक लाखसहित सम्मान पत्रले सम्मान गरेका हुन्। त्यसैगरी धनमाया देवकुमारी, प्रजापति […]
सोनम कपुर आफूलाई मनमा लागेका कुरा निर्धक्क भन्न कहिल्यै हिच्किचाउँदिनन् । विवादमा आउँछु कि भन्ने डरले कुरा चपाएर बोल्दिनन् । सामाजिक सञ्जालमा सोनम निकै सक्रिय छिन् । हालै उनले इन्स्टाग्राममा आफ्ना फ्यानहरुसँग गरेको खुलस्त संवाद चर्चामा आएको छ । उक्त संवादमा सोनमलाई फ्यानहरुले धर्मको विषयदेखि समलिंगीलाई समर्थन गरेको विषयसम्ममा प्रश्न सोधेका थिए । एक फ्यानले […]
काठमाडौं । वर्ष ०७५ मा प्रकाशित तीन सयभन्दा बढी पुस्तकमध्ये मदन पुरस्कार गुठीले श्रेष्ठ सूचीमा ८ वटा पुस्तकको नाम सार्वजनिक गरेको छ । १० वटासम्म वर्षका श्रेष्ठ पुस्तकहरु सार्वजनिक गर्ने उसको नीतिअन्तरगत यसपटक ८ वटा पुस्तकको मात्र नाम सार्वजनिक गरेको हो । गुठीले प्रकाशित गरेको उत्कृष्ट ८ पुस्तकको सूचीमा ध्रुवसत्य परियारको कथा संग्रह ‘कैरन’, सरस्वती […]
फिदिम । जिल्ला अस्पताल पाँचथरका स्वास्थ्यकर्मीहरु तलब भत्ता नपाएको भन्दै आन्दोलित बनेका छन् । जिल्ला अस्पतालका कर्मचारीहरुले २०७४ फागुनदेखि नै पूर्णरुपमा तलब नदिएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा ज्ञापनपत्र बुझाएका छन् । फिदिम नगरपालिकाले जिल्ला अस्पतालमा कार्यरत स्थायी कर्मचारी, मन्त्रालयबाट खटिएका करार सेवाका कर्मचारी, नर्सिङ कर्मचारी तथा पारामेडिकल कर्मचारीहरुले तलब नपाएको जिल्ला स्वास्थ्य कार्यालयका […]