काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले ३ दिन देशभर वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले एक सूचना जारी गर्दै ३ दिनको मौसमको अनुमान गरेको हो । महाशाखाका अनुसार, आज देशभर बदलीको सम्भावना छ । अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ । देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरुमा भने आज भारी वर्षाको सम्भावना छ […]
अर्जुनधारा । झापाका दुईजना पत्रकारलाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भिम नेम्बाङ र पूर्व कोषाध्यक्ष तथा आदिवासी जनजाति पत्रकार महासंघका झापाका अध्यक्ष विशाल नेम्वाङका पिता मदुसुदन नेम्वाङको गए राति साढे ११ वजे निधन भएको हो । करिब ५ वर्ष अघि नै मातृवियोग झेलेका पत्रकार भीम र विशालका बुबा मधुसुदन क्यान्सर […]
बिर्तामोड नगरपालिकामा नगरपालिका वडा नंं. ७ मा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवेन्द्र अधिकारीका चार वर्षीय छोरा स्मालय भनिने नीरज अधिकारी रहेका छन् । आइतबार दिउँसो दाजुसँग खेल्दाखेल्दै उनी खाल्डोमा डुबेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । त्यस्तै करेन्ट लागेर बिर्तामोड–२ की धनमाया लिम्बूको मुत्यु भएको छ। ६५ वर्षीया […]
बिर्तामोड । कृषि तथा पशुपालनको क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरेको बिर्तामोड नगरपालिकाले नगरका वडा नं ७, ८, ९ र १० नं का ८५ जना कृषकलाई बाख्रा, बंगुर र कुखुरा वितरण गरेको छ । मेयर पकेट प्याकेज कार्यक्रम अन्तरगत वडा नं ७, ८ र ९ का तीनवटा समूहका ४५ जना बाख्रापालक किसान छनौट गरी ३ वटाका […]
भद्रपुर । सर्वसाधरणलाई दैनिक आवतजावत गर्न असहज हुन थालेपछि भद्रपुर नगरपालिकाले सडकको मर्मत सम्भार थालेको छ । पुल निर्माण कम्पनीले समयमा चासो नदेखाउँदा भद्रपुर नगरपालिकाले मेची पुल जोड्ने सडकको मर्मत कार्य सुरु गरेको हो। नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने झापाको भद्रपुरस्थित मेची नदीको पुल जोड्ने अस्थायी रुपमा बनाइएको ग्राभेल सडक अविरल वर्षा र बाढीले ठाउँ ठाउँमा […]
मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस—सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई नगदसहित सम्मान गर्ने भएको छ । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरको शुक्रबार बसेको बैठकले उनीहरुलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । आगामी असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तीको अवसरमा काँकरभिट्टामा धुर्मुस—सुन्तली फाउण्डेशनका सञ्चालक सीताराम कट्टेल र कुञ्जना घिमिरे, पत्रकार राजु अधिकारी […]
बुधबारे । ‘तपाईं खेल जितेर हिपहिप हुर्रे, बालबालिका तपाईबाट पाएपछि हिपहिप हुर्रे’ भन्ने नाराका साथ झापा बुधबारेका ६ युवाले विपन्न विद्यार्थीको सहयोगार्थ सञ्चालन गरेको जर्सी स्टलबाट संकलित रकमले बुद्धशान्ति गाउँपालिकाका सबै वडाका ३५ जनाभन्दा बढी विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने भएको छ । विश्वकप फुटबल २०१८ सुरु हुनुभन्दा ७ दिन अघिबाट बुद्धशान्तिका गोकुल […]
बुधबारे । बुद्धशान्ति गाउँपालिका आइतबार पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएको छ । गाउँपालिकामा कोही बालबालिका पनि खोप लगाउन नछुटेकाले आज एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बुद्धशान्तिका स्वास्थ्य संयोजक भोला अधिकारीले जनाएका छन् । गाउँपालिका अध्यक्ष रमेश भुजेलले व्यानर पूर्ण सुनिश्चितता भएको घोषणा गरेका थिए । घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेल, […]
सुरुङ्गा । झापाको सुरुङ्गामा एनआइसी एसिया बैँकले शाखा विस्तार गरेको छ । आज एक कार्यक्रमका बीच बैैंकले २१२ औँ शाखाका रुपमा सुरुङ्गामा उद्घाटन गरेको हो । बैंकको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका हुन् । कार्यक्रममा नगर प्रमुख पोखरेलले नगरी कनकाई अब आर्थिक उन्नतिको नगरीको रुपमा पनि विकसित गर्दै जाने निति लिएकाले बैँक तथा […]
विराटनगर । विराटनगस्थित महेन्द्र मोरङ आर्दश क्याम्पसका क्याम्पस प्रमुखसहित पाँच जनालाई तीन विद्यार्थी संगठनले थुनेका छन् । शुल्कवृद्धि गरेको आरोपमा विद्यार्थीहरुले क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक क्याम्पस प्रमुखहरु मोहनकुमार श्रेष्ठ, ताराप्रसाद यादव, सुशील अधिकारी र सामान्य प्रशासन प्रमुख गुद्धरप्रसाद यादवलाई आइतबार आफ्नै कार्यकक्षमा थुनिदिएका हुन् । अनेरास्ववियु, अखिल क्रान्तिकारीका र नयाँ शक्ति नेपाल निकटको विद्यार्थी […]