बिर्तामोड । किरण राजवंशीले जग्गा उपलब्ध गराएपछि स्थानीय युवाको सक्रियतामा निर्माण गरिएको डोले आवास आज एक कार्यक्रमकाबीच डोले राजवंशीलाई हस्तान्तरण गरिएको छ । गत २५ पुषदेखि निर्माण शुरु गरिएको तीन कोठे घर तयार भएपछि आज आइतबार डोले राजवंशी आमाछोरालाई हस्तान्तरण गरिएको हो । बिर्तामोड नगरपालिका ९ डोले चोकमा बस्दै आएका डोले आफ्नो उमेरको ५०औं बसन्त […]
मेचीनगर । मेचीनगर नगरपालिकाको तेस्रो नगरसभा आइतबारबाट शुरु भएको छ । १ नम्बर प्रदेशको गाउँ र नगरसभा सञ्चालनको लागि व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ३ को उपदफा १ अनुसार मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले तेस्रो नगरसभाको कार्यसूचीसहित सूचना आव्हान गरेका थिए । मेचीनगर वडा नम्बर १४ को सभाहलमा प्रदेशसभा सदस्यत्रय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली […]
कनकाई । साहित्यकार हरिभक्त संग्रौलाद्वारा लिखित तेस्रो महाकाव्य ‘धरहरा’को शनिबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसको सभाहलमा आयोजित साहित्यिक समारोहमा उक्त कृतिको लोकार्पण गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुभद्रा अर्याल र पूर्व प्राज्ञसभा सदस्य यज्ञराज प्रसाईंले सो कृति लोकार्पण गरेका हुन् । त्यस क्रममा प्रमुख अतिथि प्रसाईं, […]
पाँचथर । अहिलेसम्म बिजुली बत्ती बाल्न त के गाउँलेहरुले बिजुलीको तारसम्म नदेखेको क्षेत्रमा ७० किलोवाटको हावा र सौर्य उर्जा उत्पादन गरिएको छ । सोपछि पाँचथरको मिक्लाजुङ गाउँपालिका २ को मुहार पनि फेरिएको छ । सौर्य उर्जाबाट बिजुली बलेपछि सप्तमी बजारका ११० घर परिवारको दिनचर्या बेग्लै हुनपुगेको देख्न पाइन्छ । साँझमा झिलीमिली बत्ती बालेर यहाँका बासिन्दा […]
दुबई । हाम्रो डम्फू हाम्रै शान, यसैमा छ तामाङ पहिचान भन्ने नाराका साथ तामाङ जातिको सांस्कृतिक चिनारी डम्फूको नामबाट ऐतिहासिक पहिलो डम्फू साँझ २०१९ गर्न लागिएको छ । युएइको देरादुबईस्थित कार्लटन टावर होटलमा आगामी १९ अप्रिलका दिन डम्फू साँझसहित बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको हो । तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू लोप हुन […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १ सूर्यनगर टोलको विभूतिमार्गमा ढलसहित कालोपत्रे गर्ने कार्यको आज शिलान्यास गरिएको छ । अर्जुनधारा नगरपालिका वडा नं. ५ र बिर्तामोड नगरपालिका वडा नं. १ को सिमानाबाट ८०० मिटर सडक कालोपत्रे गरिने भएको हो । अधिवक्ता तेजप्रसाद कट्टेलको संयोजकत्वमा गठित ९ सदस्यीय उपभोक्ता समितिले आज विशेष कार्यक्रमको आयोजना गरी प्रतिनिधिसभाका सदस्य […]
बिर्तामोड । नेपालकै प्रतिष्ठित एवम् ठूलो रकमको पुरस्कार राशि भएको झापा गोल्डकप २०७५को जारी प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमी फाइनल खेलमा आर्मी क्लबले क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा झापा ११ सँगको भेट पक्का गरेको हो । आर्मीले दाउफिन्सका खेलाडीको आत्मघाति गोलको […]
झापा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिले समृद्धिको जग बसाउने काम भइरहेकाले भावी दिनमा समृद्धिको यात्राले क्रमशः पूर्णता पाउँदै जाने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका नेता पोखरेलले आज बिर्तामोडस्थित आफ्नो पार्टीको जिल्ला मुख्यालयमा आयोजित कार्यक्रममा भने, ‘‘मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी बीचको एकताले कम्युनिष्टको विरोध गर्ने शक्तिका लागि टाउको दुखाइको विषय बनेको छ […]
मेचीनगर । बिन्ती बचत तथा ऋण सहकारी संस्था नकलबन्दाको आयोजनामा आज यहाँ एक दिने निःशुल्क एक्युप्रेसर एवम् होमियो उपचार शिविर सम्पन्न भएको छ । बिलिभर्ष इङ्लिस स्कूलमा भएको शिविरको प्राविधिक सहयोग आत्रेय होमियो फार्मेसी एवम् एक्युप्रेसर उपचार सेवाले गरेको हो । स्वास्थ्य शिविरबाट चिया कारखानामा काम गर्ने मजदूर तथा संस्थाका शेयर सदस्यहरु गरी ११० जनाले […]
बिर्तामोड । बिर्ताबजारस्थित महेन्द्ररत्न सितेरियो कराँते डोजोबाट पहिलो ब्याचमा ब्लाक बेल्ट प्राप्त गर्ने १९ जना खेलाडीहरुलाई आज प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषदमा आवद्ध रहेको नेपाल सितोरियो कराँते डो एशोसिएसनले ती खेलाडीहरुलाई फस्ट डानको प्रमाणपत्र प्रदान गरेको हो । ओली एण्ड एशोसिएट्स बिर्तामोड शाखाको हलमा आयोजित कार्यक्रममा सो संस्थाले खेलाडीहरुलाई प्रशंशापत्र, मेडल र […]