मेचीनगर । मेचीनगर नगरपालिकाका ६ जना संक्रमित नोवल कोरोना भाइरस (कोभिड–१९) उपचार पछि निको भएर घर फर्किएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अहिलेसम्म नगरका विभिन्न वडाका ६ जनाले कोरोनामाथि जीत दर्ता गरेका हुन् । स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार २२ असारसम्ममा नगरपालिका र स्वास्थ्य कार्यालय झापाको स्वास्थ्यकर्मीहरुको टोलीले नगरका विभिन्न सामुदायिक तथा होम […]
कमल । कमल गाउँपालिकाको आर्थिक सहयोग तथा कमल अपाङ्गता समितिको समन्वयमा फरक क्षमता भएका यहाँका २४ जनालाई सहायक सामग्री प्रदान गरिएको छ । दैनिक जीवन निर्वाहका लागि आवश्यक पर्ने सहायक सामग्री गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले हस्थान्तरण गरेकी हुन् । वितरण गरिएका सामग्रीहरुमा ६ थान ह्वीलचेयर, ३ थान विशेष ह्वीलचेयर, हेयररिङ्गेट, ह्वाइट क्यान, बैशाकी, एल्बोकर्चेज लगायत […]
शिवसताक्षी । झापाको झिलझिलेबाट ढुंगेल चोक, शिवगञ्ज जनता बजारसम्म जाने बाटो कालो पत्रे भएको छ । शिवसताक्षी न.पा. ८ झिलझिले बजार सब्जी लाइनबाट सुरु भई ११ं.७ किमी बाटोको पहिलो खण्डमा ११ सय मिटर कालो पत्रे भएको हो । प्रदेश नं. १ प्रदेश मुख्य मन्त्री ग्रामिण सडक परियोजना अन्तर्गत ७६ लाख र शिवसताक्षी नगरपालिकाबाट १५ लाख […]
भद्रपुर । सघन सहरी विकास योजना अन्र्तगत निर्माण सम्पन्न भएको भद्रपुर नगरपालिका ९ र १० जोड्ने चन्द्रगढी सामुदायिक वनको कार्यालय पश्चिम चन्द्रगढ देउनिया सडकको कालोपत्रे भत्कन थालेको छ । निर्माण सम्पन्न भएको एक महिना पूरा नहुँदै कमसल निर्माण सामग्री प्रयोग गरी रातारात तयार पारेको कालोपत्रे चिरिएर भत्कन थालेको हो । गजुरमुखी कन्ट्रक्सनले निर्माण गरेको सो […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं.७ ले चालु वर्षका सबै योजनाहरु सम्पन्न गरेको छ । शिवसताक्षी नगरपालिकाबाट २०७६÷७७ का लागि विनियोजित ४० लाख बराबरको सम्पूर्ण योजनाहरु सम्पन्न भएको वडा कार्यालयले जनाएको हो । लकडाउनको समयमा पनि एक महिना बाहेक अन्य महिना विकास निर्माणका काम नरोकिएका कारण समयमै निर्माणका काम सकिएको वडा नं. ७ वडाध्यक्ष नविन […]
कमल । झापाको कमल गाउँपालिकाले गत असार १० गते सातौं गाउँसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको छ । गाउँपालिकाले ८१ करोड ८५ लाख ९१ हजार ७९९ रुपैयाँको बजेट पारित गरेको हो । परित गरिएको बजेटमध्ये पूर्वाधार विकासतर्फ २४ करोड ६७ लाख ६१ हजार ७९९ रुपैयाँ […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ निवासी ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जनस्वास्थ प्रयोगशाला विराटनगरले उक्त पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको क्वारेन्टाइन व्यवस्थापन समिति अध्यक्ष भैरवकुमार श्रेष्ठले जानकारी दिए । सोमबार नै उनको स्वाव संकलन गरी परीक्षणका लागि […]
भद्रपुर । मेची बहुउद्देश्यीय कृषि फर्म भद्रपुर ४ ले यसवर्ष कृषि ज्ञानकेन्द्र झापाको सहकार्यमा सञ्चालित पकेट बाली अन्र्तगत तरकारी खेती सम्बन्धी परियोजना कार्यबारे आज सार्वजनिक सुनवाई गरेको छ । कृषि फर्म सञ्चालक समितिका अध्यक्ष विजय रिजालको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा परियोजना सञ्चालन स्थलमा सार्वजनिक सुनवाई गरिएको हो । सुनवाईमा संयोजक […]
भद्रपुर । राष्ट्रिय धान दिवस २०७७ को पालना गर्दै भद्रपुर नगरपालिका वडा नं ३ मा पञ्चेबाजासहित सामुहिक धान रोपाइँ गरिएको छ । किच्चकबध धार्मिक, ऐतिहासिक क्षेत्र विकास समितिका अध्यक्ष तथा सामाजिक ब्यक्तित्व दिलबहादुर थेवेको आयोजनामा आज पञ्चेबाजासहित सामुहिक धान रोपाइ गरिएको हो । प्रदेशसभाका सदस्य बसन्त बानियाँको आतिथ्यतामा सम्पन्न रोपाइँ दिवसमा किसान दाजुभाइ दिदिबहिनीहरुलाई छाता तथा […]
कमल । १७ औं अन्तराष्ट्रिय धान दिवस आज मुलुकभर विभिन्न कार्यक्रमगरि सम्पन्न भएको छ । “धान उत्पादनमा वृद्धि, आत्मानिर्भरता र संमृद्धि ” भन्ने नारा सहित १७ औ अन्तराट्रिय धान दिवश मनाईएको हो । यसै क्रममा आज झापाको कमल गाउँपलिकाले पनि विभिन्न कार्यक्रमगरी धान दिवश मनाएको छ । कमल गाउँपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा […]