वि.सं. २०३४ सालबाट राजनीतिमा सक्रिय गंगाप्रसाद भट्टराई बिर्तामोड नगरपालिका वाड नं. ७ का अध्यक्ष हुन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नन्दु उप्रेतीलाई ३९७ मतले पछि पार्दै नेकपा एमालेबाट उनी विजयी भएका हुन् । उनै वडाध्यक्ष भट्टराईसँग एक वर्षसम्म गरेको कामहरु र अबको बाँकी चार वर्षका लागि बनाएको योजनाबारे साझामञ्चका लागि सञ्जु शिवाकोटीले […]
अर्जुनधारा । जिल्ला समन्वय समिति झापाबाट सरुवा भई अर्जुनधारा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेका छन् । कार्यालयमा हाजिर भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तोललाई सोमबार नगरपालिकाको सभाकक्षमा औपचारिक स्वागत गरिएको छ । संघीय तथा स्थानीय विकास मन्त्रालयबाट आएका भूर्तोललाई नगर प्रमुख हरि कुमार राना, उप–प्रमुख कमला खतिवडाले ढाका टोपी र खादा अविर सहित स्वागत […]
अजुनधारा । अर्जुनधारा नगरपालिकाले चाडवर्पको पुर्वसन्ध्यामा बजार अनुगमन गरेको छ । अनुगमन टोलीले शनिश्चरे बजार क्षेत्र अनुगमन गरेको हो । चाडपर्वको बेलामा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै नगरपालिकाले अनुगमन सुरु गरेको बताइएको छ । नगरपालिकाका नगर प्रमुख तथा अनुगमन समितिका संयोजक कमला आचार्यको संयोजकत्वमा शनिश्चरे प्रहरी चौकी, उद्योग वाणिज्य संघ, बिभिन्न बिषयगत शाखा तथा […]
कचनकवल । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका बुधबार आजदेखि खुला दिसामुक्त घोषणा गरिएको छ । ५ हजार ६६३ घरधुरीमा पछिल्लो एक वर्षको अवधिमा चर्पी बनाई गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ९ हजार ६६ घरधुरी रहेको कचनकवलमा अभियान थालनी हुनुअघि ३ हजार ४०३ घरमा सुरक्षित चर्पी थिए । जिल्ला समन्वय समिति झापाका […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाको बढुवासँगै सरुवा पनि भएको छ । बितेको १९ महिनादेखि अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका खतिवडाको पदोन्नति पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सरुवा भएको हो । स्थानीय तह निर्वाचनभन्दा अघिदेखि जिम्मेवारीमा रहेका खतिवडाले नगरपालिकाको प्रशासनिक काममा आफ्नो कुशलता प्रस्तुत गरेका थिए । यसैबीच, खतिवडाले प्राप्त जिम्मेवारी […]
मेचीनगर । मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । स्थानीय तहमा रुपान्तरित मेचीनगरमा महेन्द्रकुमार खाम्याहाङ तेस्रो प्रमुख प्रशासकीय अधिकृत हुन् । २०५३ सालमा स्थापित मेचीनगर नगरपालिकाका लागि खाम्याहाङ्ग १६औं प्रमुख अधिकृत हुन् । निवर्तमान प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीलाई इलाम नगरपालिकामा सरुवा गरिएपछि त्यहाँ कार्यरत खाम्याहाङ मेचीनगर नगरपालिका आएका हुन् । मेचीनगर नगरपालिकामा खाम्याहाङलाई […]
दमक । प्रधानमन्त्री के.पी. शर्मा ओलीको गृहनगर दमक सोमबार खुल्ला दिसामुक्त घोषणा भएको छ । १५ स्थानीय तह रहेको झापामा खुल्ला दिसामुक्त घोषणा हुने दमक एघारौं स्थानीय तह हो । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले दमक नगरपालिकालाई खुल्ला दिसामुक्त […]
गौरादह । झापाको गौरादह नगरपालिका आजदेखि खुल्ला दिसामुक्त घोषणा भएको छ । जिल्ला समन्वय समिति झापाका उपप्रमुख मिना पराजुलीले नगरपालिकालाई खुल्ला दिसामुक्त भएको घोषणा गरेकी छन् । गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहाले नगरलाई खुल्ला दिसामुक्त घोषणा भएपछि प्रतिवद्धता वाचन गर्दै नगरबासीको साथ र सहयोगमा नगरलाई खुल्ला दिसामुक्त गर्न सफल भएको धारणा राखेका छन् । आगामी […]
मेचीनगर । मेचीनगरका विभिन्न पसलमा लामो समयदेखि खानयोग्य मिति गुज्रिएका खाद्यवस्तु विक्रीका लागि राखिएको फेला परेको छ । मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेतीको नेतृत्वमा खाद्य निरीक्षकसहितको टोलीले मंगलबार नगरका मुख्यः बजार काँकरभिट्टा र इटाभट्टाको अनुगमन गर्ने क्रममा त्यस्ता वस्तु फेला पारेको थियो । अनुगमन टोलीले काँकरभिट्टाका आठ तथा इटाभट्टाका दुईगरी १० वटा किराना पसलको अनुगमन […]
कमल । झापाको कमल गाउँपालिकाको आयोजनामा सोमबार २८ औं अन्रतराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । “ज्येष्ठ नागरिक मानव अधिकार अभियन्ताहरुको अभिनन्दन गरौं” भन्ने नाराका साथ कमल गाउँपालिकाकोले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै २५ औं अल्जाईमर रोग सम्बन्धि अन्तरक्रिया गरेको गाउँपालिकाले जनाएको छ । कमल गाउँपालिका ज्येष्ठ नागरिक मन्चका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ५१ […]