काठमाडाैं। अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने विवेकशील साझा पार्टीका संयोजक उज्वल थापासहित १० जना पक्राउ परेका छन् । सरकारले विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा सम्मेलन तथा प्रर्दशन गर्नबाट रोक लगाएपछि त्यसको विरोधमा आज माइतीघर मण्डलामा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गरेको […]
जुम्ला । डाक्टर गोविन्द केसी कानूनी उल्लघन गर्दै आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालय अगाडि नै धर्नामा बसेका छन् । १५ औँ अनसनस्थलका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल रोजेका डाक्टर गोविन्द केसीलाई २०० मिटर वर नै सुरक्षाकर्मीले रोक्न खोजेपछि प्रशासन अगाडि नै धर्नामा बसेका हुन् । डाक्टर केसी प्रशासनले तोकेको निषेधित क्षेत्र तोडेर धर्नामा […]
गुल्मी । गुल्मीमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ६, कालीगौंडाकी ७३ वर्षीया लालबहादुर सुनारको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । सुनार घर नजिकैको बाटोबाट लडेर करिव ९० मिटर तल खसेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अत्याधिक […]
काठमाडौं । जल तथा मौसम पूर्वामानुमान महाशाखाले असार १८ गतेसम्म देशका विभिन्न भागमा मध्यम तथा भिषण वर्षा हुन सक्ने जनाएको छ। ‘मनसुन सक्रिय भएकाले देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्का देखि मध्यम र एक दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ, भने मध्य र आसपासका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना देखिन्छ,’ […]
सुनसरी । भोक्राहा गाउँपालिका–१ मा शुक्रबार राति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँका ५५ वर्षीय रामवृक्ष मुखिया रहेको प्रहरीले जानकारी दिएको छ। को ३३ प ४२५ नम्बरको मोटरसाइकलले ठक्करबाट गम्भीर घाइते मुखियाको शुक्रबार राति ९ बजे उपचारकाक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो। यस्तै, हरिनगरा गाउँपालिका–४ हरिनगरा बजारमा मोटरसाइकलले ठक्करबाट १० […]
बाँके । राप्तिसोनारी गाउँपालिका मा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। राप्तिसोनारी– ६, मेहमानपुरका ४२ वर्षीय टिकाराम थारु र २४ वर्षीय सुरेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। सुतिरहेका बेला बिहान करिब ३ बजे हाइ भोल्टेजका कारण करेन्ट लागी उनीहरूको मृत्यु भएको प्रहरी चौकी फत्तेपुर ‘ख’ का इन्चार्ज […]
भद्रपुर । प्रधानमन्त्री आधुनिक कृषि परियोजना धान सुपर जोन बनियानी झापाले “धान उत्पादन बृद्धि राष्ट्रको समृद्धि” नाराका साथ १५औं राष्ट्रिय धान दिवस कचनकवल ४ मा भव्य रूपमा मनाएको छ । कृषिमा यान्त्रिकरणमार्फत् उत्पादन बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानमा रहेको सुपरजोनले प्रदेशसभा संसद बसन्त बानियाँलाई मेसिनबाट धान रोप्न लगाएर दिवसको उद्घाटन गराएको हो । सुपरजोनका […]
सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको सनाखत भएको छ । मृत्यु हुनेहरुमा उदयपुर सिरिसे ८ बस्ने २१ वर्षे कुन्साङ तामाङ, सिराहाका ३६ वर्षीय शिवकुमार यादव, ओखलढुंगा मांखाका ४० वर्षीय श्याम कुमार राई रहेका छन् । यसैगरी खोटाङ खाल्ले बस्ने २४ वर्षीया कोपिला बस्नेत कार्की, सोलुखुम्बुको नेचासल्यान […]
कमल । गए राति यहाँ भएको एउटा सडक दूर्घटनामा एक युवकको मृत्यु भएको छ । पूर्व पश्चिम सडकखण्ड अन्तरगत कमल गाउँपालिका ४ चुलाचुलीमोडमा भएको दूर्घटनामा इलामको चुलाचुली गाउँपालिका २ बस्ने २५ वर्षीय साङ्गदेन राईको मृत्यु भएको हो । ट्राफिक प्रहरी पोष्ट केर्खाका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुलबहादुर बुढाथोकीले दिएको जानकारी अनुसार गए राति साढे ८ […]
रौतहट । रौतहतमा प्रहरी र भारतीय हतियार कारोबारीको समूहबीच इन्काउन्टरमा हुँदा एक जनाको मृत्यु भएको छ । हतियारको कारोबार हुन लागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको टोली र ३ जनाको संख्यामा मोटरसाइकलमा रहेका हतियार कारोबारी समूहबीच राजदेवी नगरपालिकाको मुडउल्वा टोलको उत्तरपट्टी बाग्मती नदीको तटबन्धनमा मुठभेड भएको थियो । घटनामा मृत्यु भएका व्यक्तिको सनाखत […]