झापा । कोशी प्रदेशका डेरी उद्योग तथा दुग्ध व्यवसायी कम्पनीहरुको आज मेचीनगरमा भएको बैठकले चार बुँदे महत्वपूर्ण निर्णयहरु गरेको छ । डेरी उद्योग संघ प्रदेश १ का संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षतामा एनएमसी डेरी उद्योग इटाभट्टामा सम्पन्न बैठकले किसानले उत्पादन गरेको दूध खरिद नगर्ने तथा मिल्क होलिडे हुन नदिने विषयमा सचेत रहने निर्णय गरेको हो । […]
झापा । अर्जुनधारा नगरपालिका वडा नं. ३, खुदुनावारीस्थित साना किसान कृषि सहकारी संस्थाले कोशी प्रदेश स्तरीय उष्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गरेको छ । असार १६ गते अर्थात जुलाई १ का दिन परेको १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा नगद २५ हजार रुपैयाँ र प्रमाण पत्रँसहित सो संस्था सम्मानित भएको हो । […]
काठमाडौं । धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी । दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा खडा गरेको व्यावसायिक साम्राज्य ‘असाधारण’ नै थियो । आफूलाई स्वयं […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)का अध्यक्ष रामचन्द्र उप्रेती उत्कृष्ट सहकारी व्यक्तित्वका रुपमा सम्मानित भएका छन् । कोशी प्रदेशका तीनवटा जिल्लामा कार्यक्षेत्र बिस्तारित सो संस्थामा ३० वर्षदेखि निरन्तर नेतृत्व गरी सहकारी अभियानको प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै उप्रेतीलाई उत्कृष्ट सहकारी सम्मान २०८० प्रदान गरिएको हो । उप्रेतीलाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छः […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आगामी आर्थिक वर्षको लागि प्रस्तावित बजेट, नीतिहरुमा गर्नुपर्ने संशोधन तथा परिमार्जनका विषयमा शनिबार बिर्तामोडमा वृहत छलफल गरेको छ । संस्था सञ्चालक समितिको विस्तारित बैठकमा आगामी आर्थिक वर्षको लागि योजना तर्जुमा, विगतमा भोगेका अनुभवहरु र यसबाट आगामी वर्षका लागि खेल्नुपर्ने भूमिका र रचनात्मक कार्यक्रमहरुमाथि छलफल गरिएको हो । […]
झापा । चालू आर्थिक वर्षको असार १४ गतेसम्ममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले राहत कोषमा आबद्ध भएका सदस्य परिवारमा एक करोड २० लाख रुपैयाँभन्दा बढीको सुविधा प्रदान गरेको छ । यो आर्थिक वर्षमा यस्तो सुविधा एक हजार १३५ जना शेयर सदस्यले लिएका हुन् । संस्थाका शेयर सदस्यहरु राहत कोषमा पनि आवद्ध भएर योगदान गरेको […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । पछिल्लो समय सहकरीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ […]
काठमाडौँ । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने […]
फिदिम । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले पाँचथरका बाढी पिडीतहरुको राहतका लागि आधा लाख रुपैयाँभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ । केही दिनअघि पाँचथर जिल्लाभर नै अविरल वर्षाका कारण आएको बाढीले सयौं घर परिवार विस्थापित भएका थिए । उक्त घटनामा केही मानिसहरु अझै बेपत्ता छन् । बाढी पहिरोबाट […]
कचनकवल । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापा र आरएमडिसी लघुवित्त वित्तीय संस्था काठमाडौंको साझेदारीमा विद्यालय सहयोग कार्यक्रम जारी रहेको छ । सोही क्रममा आइतबार झापाको कचनकबल गाउँपालिका वडा नं. ५ पाठामारीमा रहेको जानकी आधारभूत विद्यालयमा पुगेर सहयोग हस्तान्तरण गरिएको छ । संस्थाका सञ्चालक समिति सदस्य गणेश पराजुलीले दिएको जानकारी अनुसार सो विद्यालयलाई […]