Sajhamanch Archive

मेचीपुल पूर्ण सञ्चालनसहित झापाको विकासबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मेचीपुल पूर्ण सञ्चालनसहित झापाको विकासबारे प्रधानमन्त्रीको ध्यानाकर्षण.

काठमाडौ । झापाको भद्रपुरमा निर्मित नेपाल–भारत जोड्ने मेचीपुल पूर्ण सञ्चालनमा देखिएको समस्या समाधान तथा जिल्लाका विकासे योजना सम्पन्न गर्न प्रधानमन्त्री र विषयगत मन्त्रालयको ध्यानाकर्षण गराइएको छ । झापाका उपलब्ध सांसद र प्रदेश सांसद,स्थानीय सरकारका प्रतिनिधि,राजनीतिक दल, निजी क्षेत्रका प्रतिनिधि सहितको १८ सदस्यीय टोलीले आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारस्थित निवासमा भेटी ध्यानाकर्षण पत्र बुझाएको […]

अलैंची व्यवसायी महासंघको अध्यक्षमा कार्की निर्वाचित

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति by . Leave a Comment on अलैंची व्यवसायी महासंघको अध्यक्षमा कार्की निर्वाचित.

धनकुटा । नेपाल अलैंची व्यवसायी महासंघको अध्यक्षमा राजकुमार कार्की निर्वाचित भएका छन् । आइतबार धनकुटाको हिलेमा भएको महासंघको छैटौं साधारणसभा तथा तेस्रो महाधिवेशन अन्तरगतको निर्वाचन प्रक्रियामा अर्का प्रतिष्पर्धी ओमकृष्ण बिमलीलाई हराउँदै कार्की विजयी भएका हुन् । तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बिमलीले ४१ मत प्राप्त गर्दा कार्कीले १११ मत ल्याएका थिए […]

अलैंची व्यवसायी महासंघमा अध्यक्ष बाहेक पदाधिकारी सर्वसम्मत

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अलैंची व्यवसायी महासंघमा अध्यक्ष बाहेक पदाधिकारी सर्वसम्मत.

धनकुटा । नेपाल अलैंची व्यवसायी महासंघको धनकुटामा जारी महाधिवेशनमा अध्यक्ष बाहेकका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको थाहा भएको छ । अध्यक्ष पदमा वर्तमान महासचिव ओमकृष्ण बिमली र अर्का व्यवसायी राजकुमार कार्कीले आवेदन गरेका छन् । विगत लामो समयदेखि अध्यक्षको दावी गर्दै आएका दिनेश मित्तलले मनोनयन दर्ता गरेनन् । निर्वाचन समिति अध्यक्ष पदमा पनि सर्वसम्मत गराउने पक्षमा […]

झापामा सफल बन्दै सुपर जोन परियोजना

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापामा सफल बन्दै सुपर जोन परियोजना.

भद्रपुर । धान उत्पादनमा नेपाललाई आफैँ आत्मनिर्भर बनाउन सरकारले झापाको बनियानीमा धान सुपर जोन परियोजना गठन गर्दा बनियानी क्षेत्रमा दुई बाली धान फल्ला भन्ने विश्वास कमै व्यक्तिमा थियो । आकाशे खेतीमा भर पर्ने गरेका स्थानीयलाई हिउँद, वर्षा, खडेरी, डुवान भनी मौसमी भरको खेती अब बाह्रै महिना हुने अवस्था आएपछि विगत सपना जस्तै हुन पुगेको छ […]

‘सरकारको अबको कार्यदिशा तीव्रगतिको आर्थिक समृद्धि नै हो’ : मुख्यमन्त्री राई

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘सरकारको अबको कार्यदिशा तीव्रगतिको आर्थिक समृद्धि नै हो’ : मुख्यमन्त्री राई.

धनकुटा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समग्र देशको विकास र आर्थिक समृद्धिमा अलैंचीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । मुख्यमन्त्री राईले चाँडै अलैंची बोर्ड गठन गर्ने प्रतिवद्धता पनि जनाएका छन् । धनकुटाको पर्यटकीय नगरी हिलेमा शनिबार शुरु भएको नेपाल अलैंची व्यवसायी महासंघको छैठौं साधारणसभा तथा तेस्रो महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका […]

सवारी दूर्घटनामा खुदुनाबारीका प्रधानाध्यापकको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सवारी दूर्घटनामा खुदुनाबारीका प्रधानाध्यापकको मृत्यु.

झापा। आज बिहान मोरङको कानेपोखरीमा भएको सवारी दूर्घटनामा परेर अर्जुनधारा नगरपालिका १ खुदुनाबारीस्थित गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक रामकुमार आछामीसहित दुई जनाको ज्यान गएको छ । सात जना घाइते भएको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनर र काठमाडौंबाट झापा आउँदै गरेको बा ११ च ७९४८ नम्बरको यात्रुवाहक टाटासुमो बिहान […]

लगानी सम्मेलनमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on लगानी सम्मेलनमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन.

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन् । शुक्रबार बसेको उद्योग वाणिज्य प्रवद्र्धन परिषदको दोस्रो बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथिहरुलाई व्यवस्थित बास, सुरक्षा र अन्य प्रवन्ध मिलाउन निर्देशन दिएका छन् । परिषदका तर्फबाट सुरज बैद्यले सम्मेलनको तयारीको बारेमा बैठकलाई […]

संघर्ष गर्न बिर्तामोडका युवा रमेश नेपालसँग सिक्ने कि !

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on संघर्ष गर्न बिर्तामोडका युवा रमेश नेपालसँग सिक्ने कि !.

कृषि पेशामा आश्रित भए पनि नेपाल परिवारको आफ्नै जमिन थिएन । अर्काको अधियाँ खेती गर्दा उब्जिएको र आफ्नो भागमा परेको अन्नले हातमुख जोर्नु पथ्र्यो । तर पनि वर्षभरि पुर्याउन धौधौ हुन्थ्यो । हाल अर्जुनधारा ८ झापामा बसोबास गरी बिर्तामोडको पुरानो भद्रपुररोड किनारको सटरमा सेनिटरी पसल गर्ने रमेश नेपाल (३८)–को बाल्यकाल उति सुखद थिएन । बाल्यवस्थामात्र […]

अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी.

काठमाडौं । नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको हो ।एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन् । जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित […]

होलीको अवसरमा फरक विशेषता भएका बालबालिकाहरुलाई सहयोग

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on होलीको अवसरमा फरक विशेषता भएका बालबालिकाहरुलाई सहयोग.

दूधे । होलीको अवसर पारेर गोर्खाली हर्ट फेसबुक ग्रुप र सतासीधाम जेसीजले संयुक्त रुपमा अपाङ्ग, अशक्त र अशाय बालबालिकाहरुलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । कनकाई नगरपालिका स्थित पुकार अपाङ्ग, असक्त समाजलाई १ लाख ४ हजार रकम हस्तान्तरण गरेको हो । गोर्खाली हर्टले ७४ हजार र सतासीधाम जेसीजले ३० हजार रकम क्षेत्र नं. ४ (क)का […]