Sajhamanch Archive

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो

Published: in विविधा by . Leave a Comment on पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो.

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको बाटो खुलेको छ । केबलकार निर्माणका लागि प्रतिस्पर्धा गरिरहेका दुईमध्ये एक कम्पनीले हात झिकेपछि अब पाथीभरा माता देवी दर्शन केबलकार प्रालि काठमाडौंका लागि बाटो खुलेको हो । निर्माणका लागि पहिले प्रक्रिया अघि बढाएको त्रिवेणी केबलकार प्रालि भने हाल अलग भएको छ । त्रिवेणीका प्रबन्ध निर्देशक सुवास सांघाईले अब आफ्नो कम्पनी निर्माणका लागि […]

Six hospitals in ready position for summit

Published: (Updated: ) in English, विविधा by . Leave a Comment on Six hospitals in ready position for summit.

Kathmandu : The Ministry of Health and Population has kept six different hospitals in a ready position considering the health of the delegates to the International Investment Summit 2019. The two-day summit is beginning here tomorrow. The Bir hospital, Civil hospital, Army hospital, Patan hospital, Bhaktapur hospital and TU Teaching Hospital, Maharajgunj have been kept […]

कोटीहोममा ढकाल बन्धुहरुको भवन तथा मन्दिरको उद्घाटन

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on कोटीहोममा ढकाल बन्धुहरुको भवन तथा मन्दिरको उद्घाटन.

कनकाई । ढकालबन्धु हित तथा वंशावली एकीकृत समाज केन्द्रीय कार्यसमितिले कनकाई– ४ कोटीहोममा निर्माण गरेको ढकाल बन्धुहरुको नवनिर्मित भवन तथा मन्दिरको सोमबार उद्घाटन गरिएको छ । ढकालबन्धु हित तथा वंशावली एकीकृत समाज केन्द्रीय कार्यसमितिको आयोजनामा कोटीहोममा आजदेखि शुरु भएको श्रीमद् शिवमहापुराण एकादशह ज्ञान महायज्ञमा नवनिर्मित भवन तथा मन्दिरको उद्घाटन गरिएको हो । नेपाल सरकारका कानूनमन्त्री […]

दुई वटा बस आपसमा ठोक्किँदा कम्तिमा ६० जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on दुई वटा बस आपसमा ठोक्किँदा कम्तिमा ६० जनाको मृत्यु.

काठमाडौं । अफ्रिकी मुलुक घानामा दुई वटा बस आपसमा ठोक्किँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । घानाका प्रहरी अधिकारीहरुले पछिल्लो समयमा सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना भएको बताएका छन् । राजधानी आक्रादेखि ४३० किलोमिटर टाढा पर्ने किटाम्पो शहरमा बस ठोक्किएका हुन् । सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ […]

चीनको एउटा केमिकल प्लान्टमा विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on चीनको एउटा केमिकल प्लान्टमा विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु.

बेइजिङ  । चीनको एउटा केमिकल प्लान्टमा विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । पूर्वी चीनको येनचंग शहरमा रहेको तियानजियाई केमिकल प्लान्टमा विस्फोट भएको हो । विस्फोटमा परेर ९० जना घाइते भएका छन् । घाइतेमध्ये ३२ जनाको अवस्था गम्भीर छ । विस्फोटलगत्तै कारखानामा रहेको ६४० जनालाई अस्पताल पुर्‍याइएको थियो । विस्फोटपछि कारखानामा आगो लागेको […]

नक्शा पास गराएर मात्रै घर निर्माण गर्न मेचीनगरको आग्रह

Published: in विविधा by . Leave a Comment on नक्शा पास गराएर मात्रै घर निर्माण गर्न मेचीनगरको आग्रह.

मेचीनगर । मेचीनगरपालिकाले नक्शा पास गराएर मात्रै घर निर्माण गर्न नगरवासीलाई आग्रह गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७५ को दफा २७ मा कसैले पनि नगरपालिकाबाट नक्शा पास नगराई घर निर्माण गर्न हुदैंन भन्ने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै कतिपय संस्था र व्याक्तिले नक्शा नै पास नगराई घर निर्माण गरिरहेको बुभिन आएको नगरपालिकाका प्रमुख प्रशासकीय […]

इन्डोनेसियामा बाढीका कारण कम्तिमा ४२ जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on इन्डोनेसियामा बाढीका कारण कम्तिमा ४२ जनाको ज्यान गयो.

इन्डोनेसियाको पूर्वी प्रान्त पापुएमा बाढीका कारण कम्तिमा ४२ जनाको ज्यान गएको छ । अरु २१ जना घाइते भएको स्थानीय विपद व्यवस्थापन निकायका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । प्रान्तको राजधानी जयापुरा नजिकको सेनतानी क्षेत्रमा शनिबार रातिदेखि परेको मूसलधारे पानीका कारण बाढी आएको हो । बाढीका कारण कम्तिमा ९ वटा घर तथा दुईवटा […]

विश्वका १७० देशद्धारा प्लाष्टिकजन्य सामग्रीको प्रयोग उल्लेख्य मात्रामा घटाउने प्रतिबद्धता

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विश्वका १७० देशद्धारा प्लाष्टिकजन्य सामग्रीको प्रयोग उल्लेख्य मात्रामा घटाउने प्रतिबद्धता.

विश्वका १७० देशले सन् २०३० सम्ममा प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोग उल्लेख्य मात्रामा घटाउने प्रतिबद्धता जनाएका छन् । केन्याको नैरोबीमा भएको पाँच दिने संयुक्त राष्ट्रसंघीय वातावरण सम्मेलनपछि सहभागी देशका प्रतिनिधिले प्लाष्टिकका झोलासहितका प्लाष्टिकजन्य सामग्रीको प्रयोग कम गर्ने प्रतिबद्धता जनाएका हुन् । सन् २०२५ सम्म एकपटक प्रयोग गरेर फाल्नु पर्ने प्लाष्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्ने प्रस्तावमा […]

न्युजील्यान्ड गोलीकाण्डमा मर्ने व्यक्तिको संख्या ४९ पुग्यो, ४८ जना घाइते

Published: (Updated: ) in विविधा, by . Leave a Comment on न्युजील्यान्ड गोलीकाण्डमा मर्ने व्यक्तिको संख्या ४९ पुग्यो, ४८ जना घाइते.

काठमाडौं । न्युजील्यान्डको क्राइस्टचर्चमा रहेका दुई मस्जिदमा भएको गोलीकाण्डमा ४९ जना मारिएका छन् भने थप ४८ जना घाइते भएका छन् । डीन्स एभेन्यु मस्जिदमा ४१ जना मारिएका हुन् भने बाँकी सातजना लिनवूड मस्जिदमा मारिएका हुन् । अर्का एकजना चाहिँ अस्पतालमा बितेका हुन् । प्रहरी कमिस्नर माइक बुशले गोलीकाण्ड अत्यन्तै निन्दनीय भएको बताए । यस हत्याका लागि […]

अमेरिकामै बोइङ म्याक्सको उडान स्थगित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अमेरिकामै बोइङ म्याक्सको उडान स्थगित.

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले आफ्नै देशको जहाज निर्माता कम्पनी बोइङको ७३७ म्याक्स मोडलका जहाज उडान तत्कालका लागि स्थगित गरेको छ । विगत ६ महिनामा बोइङको उक्त मोडलका दुई जहाज दुर्घटनामा पर्दा ठूलो संख्यामा यात्रुको मृत्यु भएपछि अमेरिकाले यस्तो निर्णय लिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बोइङ ७३७ म्याक्स संस्करणका जहाजमा उडान स्थगनको […]