क्यानडा । क्यानडामा एउटा अस्पतालमाथि यस्तो मुद्दा लागेको छ जुन सुन्दा पनि हाँसो उठ्छ । क्यानडाको मोन्ट्रियलमा रहेको एक अस्पताल विरुद्ध त्यहाँ उपचार गराउन गएका एक पुरुषले आफ्नो लिंग छोटो बनाइदिएको आरोपमा मुद्दा हालेका छन् । अस्पतालले सर्जरीका क्रममा लापरवाही गर्दा आफ्नो लिंग १ इन्च छोटो भएको र लिंग छोटो भएका कारण आफ्नो वैवाहिक जिवन नै […]
गोविन्दप्रसाद पौडेल, कनकाई नगरपालिका वडा नं ४ का अध्यक्ष हुन् । अघिल्लो वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका कमलप्रसाद दाहाललाई १३७ मतले पछि पार्दै उनी विजयी भएका हुन् । तत्कालीन नेकपा एमालेबाट विजयी भएका वडाध्यक्ष पौडेललाई एक वर्षको कार्यअनुभवसहित बाँकी चार वर्षका लागि बनाएका योजनाहरुबारे साझामञ्चका लागि ज्ञानु घिमिरेले कुराकानी गरेकी छन् । […]
काठमाडौं । काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह बन्ने भएको छ । विदेशबाट सामान आयात गर्न र नेपालबाट उत्पादिन सामान निर्यात गर्न यो बन्दरगाह निर्माण गर्न लागिएको हो । सरकारले निर्माण गर्न लागेको ‘काठमाडौं कन्टेनर फ्रेट स्टेसन’ (सुक्खा बन्दरगाह) आजबाट औपचारिक निर्माण सुरु भएको हो । बन्दरगाह दुई वर्षभित्रै सञ्चालनमा ल्याइसक्नेगरी निर्माण कार्य अगाडि बढाइएको हो । […]
झापा । झापामा फोहोरमैला व्यवस्थापन गर्न पाँच ओटा स्थानीयतह एक जुट भएका छन् । नगरपालिका क्षेत्र भित्रका हाट तथा बजारबाट निस्किएको फोहोर व्यवस्थापनका लागि चुनौती बन्दै गएको बेला पाँच ओटा नगरपालिका त्यसको व्यवस्थापनका लागि एक जुट भएका हुन् । उनीहरु फोहोरलाई मोहर बनाउन लागि परेका छन् । झापाको शिवसताक्षी, कनकाई, बिर्तामोड, अर्जुनधारा र मेचीनगर नगरपालिका […]
भद्रपुर । मृगौला रोगबाट पीडित पूर्व फुटवल खेलाडी राजी राजवंशीलाई उपचारका लागि ४० हजार ५ सय रूपैया आर्थिक सहयोग गरिएको छ । नेपाल पुलिस क्लवमा समेत रहेर राष्ट्रिय फुटवल टिममा लामो समय खेलाडीका रूपमा रहेका राजवंशी ३ महिना यता मृगौला रोगबाट पीडित भएका छन् । उनको उपचारका लागि खेलमा संलग्न भद्रपुरका पूर्व खेलाडीहरुले आर्थिक संकलन […]
काठमाडौं । उत्तरी अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकूहरूले मंगलवार कब्जा जमाएर कम्तीमा १४ सैनिकको हत्या गरेका छन् । अन्य दर्जनौंलाई उनीहरूले बन्धक बनाएका छन् । कतिपय सैनिक भने भाग्न सफल भएका छन् । सेनाका प्रवक्ता मोहम्मद हनीफ रेजाईका अनुसार, अशान्त फरयाब प्रान्तको घोरमाच जिल्लामा कैयौं दिनसम्म चलेको भीषण संघर्षपछि आतंकवादीहरूले सेनाको शिविर कब्जा गरेका […]
काठमाडौं ।आगामी सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ । गल्फ टाइम्सको समाचारमा उल्लेख भएअनुसार २३ वर्षीय नेपाली युवकको मृत्यु भएको हो । मृतकको नाम, ठेगाना खुलाइएको छैन । समाचार अनुसार नेपाली अधिकारीहरुमार्फत् मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको र अनुसन्धान पनि सुरु गरेको जनाएको छ ।
म्याग्दी । केही दिनदेखि निन्तर वर्षाका कारण कालीगण्डकी नदीले एक विद्यालय बगाएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरी आधारभूत विद्यालय बधबार कालीगण्डकीले बगाएको हो । नदिले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिए । कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन् । सो क्षेत्रमा […]
रुकुम । रुकुम पश्चिम मुसिकोट नगरपालिका–१४ मा एक व्यक्तिले आफ्नै छोरा र भाइको हत्या गरेका छन्। मुसिकोट नगरपालिका–१४ लहरेखेतका ३७ वर्षीय शंकर बिष्टले आफ्नै छोरा र भाईलाइ हसिँया प्रहार गरि बुधबार बिहान हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक ऋषि ढुंगानाका अनुसार मृत्यु हुनेमा १६ वर्षीय गोकर्ण विस्ट र ६ वर्षीय […]
काठमाडौं । मंगलबार रातिको भीषण वर्षाका कारण बाग्मती नदीमा आएको बाढीले काठमाडौंको तीनकुनेको नदी किनार क्षेत्र डुबानमा परेको छ । बाढीका कारण तीनकुनेको सुकुम्बासी क्षेत्रका ३०० घर डुबानमा परेको तीनकुने प्रहरी वृत्तले जानकारी दिएको छ । ५६ जनाको बाढीबाट उद्धार गरिएको र कुनै मानवीय क्षति नभएको तीनकुने प्रहरी वृत्तका सई सुधन खड्काले बताए । बाग्मतीमा यस […]