Sajhamanch Archive

मेवाको बियाँका फाइदै फाइदा

Published: in टिप्स/जानकारी, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on मेवाको बियाँका फाइदै फाइदा.

धेरैले रुचाउने फलफूलमध्ये एक हो मेवा। यो खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। हामी प्राय: मेवा खाँदा त्यसको बियाँ निकालेर खाने गर्छौँ। तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। त्यही मेवाको बियाँको फाइदाबारे चर्चा गरौँ। १. एन्टिअक्सिडेन्टको स्रोत मेवाको बियाँमा पोलिफेनोल, फ्लेभोनोइड्स, एल्कालोइड्स, ट्यानिन्स र सेपोनिन्स जस्ता एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। […]

केरखामा सम्पन्न गरियो रोजगार मेला

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on केरखामा सम्पन्न गरियो रोजगार मेला.

कमल । झापाको कमल गाउँपालिकामा असार १६ गते एक दिवसीय वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न गरिएको छ । नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना कार्यान्वयनका लागि उक्त मेला सञ्चालन गरिएको हो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीच समन्वयकारी भूमिका निर्वाहमा मद्धत गर्ने उद्देश्यले […]

कतारमा गौरीगञ्जका राजवंशीको निधन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कतारमा गौरीगञ्जका राजवंशीको निधन.

विर्तामोड। वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका झापाका एक व्यक्तिको निधन भएको छ । गौरीगञ्ज गाउँपालिका वडा नं. ६ खजुरगाछी गौरीयाडाँगी निवासी जगदिश राजवंशीको निधन भएको हो । हिजो विहान अचानक रिङ्गटा लागेर लडेका राजवंशीको अल्पायुमा निधन भएको गौरीगञ्जका पत्रकार आत्माराम राजवंशीले बताएका छन् । मृतकका श्रीमती र २ छोरी रहेका छन् ।

अजिंगर आतंकले स्थानीयमा त्रास

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on अजिंगर आतंकले स्थानीयमा त्रास.

मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिका-३ हाँडीखोलामा अजिंगरको आतंकका कारण स्थानीय त्रसित बनेका छन्। दैनिकजसो अजिंगर भेटिन थालेपछि स्थानीय त्रसित बनेका हुन्। हाँडीखोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका छन्। लामिटारका लक्ष्मण राईको जंगलमा चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाले अजिंगर नियन्त्रणमा लिएका हुन्। उक्त अजिंगर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको […]

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध.

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो। अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरोमा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले […]

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश प्रस्थान

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश प्रस्थान.

छेन्दु । जनवादी चीनको पाँचदिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी आज श्रेष्ठ स्वदेश प्रस्थान गरेका छन् । उनलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)सिचुवान एयरलाइन्स कमिटीका सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ गरेका थिए । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री […]

भद्रपुर नगरपालिकामा सार्वजनिक सुनवाइः अपेक्षा अनुसार काम नभएको सेवाग्राहीको गुनासो

Published: in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपालिकामा सार्वजनिक सुनवाइः अपेक्षा अनुसार काम नभएको सेवाग्राहीको गुनासो.

भद्रपुर । भद्रपुर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाइमा नगरबासीको अपेक्षा पूरा हुन नसकेको गुनासो पोखिएको छ । आर्थिक वर्ष २०७९÷८० मा नगर सरकारले गरेका कामहरूको बारेमा नगरबासीको धारणा आउने क्रममा नगर भित्र सञ्चालित विकास निर्माणका कार्यहरूको गुणस्तर तथा पारदर्शिता माथि नगरबासीले प्रश्न उठाएका हुन् । सार्वजनिक सुनवाईमा सहभागीले मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन कमसल हुँदा […]

कचनकवल इस्टुको अध्यक्षमा राजवंशी

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कचनकवल इस्टुको अध्यक्षमा राजवंशी.

कचनकवल । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कचनकवल गाउँपालिका समितिको दोस्रो अधिवेशनले भानुप्रताप राजवंशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा चक्रबन्धु अर्याल, सचिव अजित कार्की, सहसचिव घनेन्द्र रिजाल र कोषाध्यक्षमा पुनम सापकोटा सर्वसम्मत चयन भएका छन् । ३ वर्षे कार्यकालका लागि गठित समितिका सदस्यहरूमा क्रमशः हिमा लामिछाने, मिरा तामाङ, राजन […]

सहकारी अभियन्ता उप्रेती प्रदेश उत्कृष्ट सहकारी व्यक्तित्वबाट सम्मानित, मेची बहुउद्देश्यीय र महिला साकोस इटहरीलाई विधागत सम्मान

Published: (Updated: ) in प्रदेश तह, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहकारी अभियन्ता उप्रेती प्रदेश उत्कृष्ट सहकारी व्यक्तित्वबाट सम्मानित, मेची बहुउद्देश्यीय र महिला साकोस इटहरीलाई विधागत सम्मान.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)का अध्यक्ष रामचन्द्र उप्रेती उत्कृष्ट सहकारी व्यक्तित्वका रुपमा सम्मानित भएका छन् । कोशी प्रदेशका तीनवटा जिल्लामा कार्यक्षेत्र बिस्तारित सो संस्थामा ३० वर्षदेखि निरन्तर नेतृत्व गरी सहकारी अभियानको प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै उप्रेतीलाई उत्कृष्ट सहकारी सम्मान २०८० प्रदान गरिएको हो । उप्रेतीलाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छः […]

एनएमसीको आगामी बजेट, नीति तथा कार्यविधिमाथि वृहङ्गम छलफल

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on एनएमसीको आगामी बजेट, नीति तथा कार्यविधिमाथि वृहङ्गम छलफल.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आगामी आर्थिक वर्षको लागि प्रस्तावित बजेट, नीतिहरुमा गर्नुपर्ने संशोधन तथा परिमार्जनका विषयमा शनिबार बिर्तामोडमा वृहत छलफल गरेको छ । संस्था सञ्चालक समितिको विस्तारित बैठकमा आगामी आर्थिक वर्षको लागि योजना तर्जुमा, विगतमा भोगेका अनुभवहरु र यसबाट आगामी वर्षका लागि खेल्नुपर्ने भूमिका र रचनात्मक कार्यक्रमहरुमाथि छलफल गरिएको हो । […]