Sajhamanch Archive

प्रतिबन्धित भारतीय चिट्ठा खुलेआम बिक्री भइरहँदा पनि प्रहरी मुकदर्शक !

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on प्रतिबन्धित भारतीय चिट्ठा खुलेआम बिक्री भइरहँदा पनि प्रहरी मुकदर्शक !.

झापा । नेपालको सीमावर्ती बजारमा प्रतिबन्धित भारतीय चिट्ठा खुलेआम बिक्री वितरण भइरहेको भए पनि प्रहरीले चासो दिएको छैन । नेपालबाट दैनिक १० लाख रुपैयाँ भन्दाबढी रकम प्रतिबन्धित चिट्ठाको कारोबारमा भारत गइरहेको पाइएको छ । तर प्रहरी मुकदर्शक बन्दा नेपाली भूभागमा प्रतिबन्धित भारतीय चिट्ठा सीमावर्ती बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको हो । भारतको पश्चिम बंगाल, […]

मेचीनगरमा स्थायी कर्मचारीको प्रोत्साहन भत्ता कटौती

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on मेचीनगरमा स्थायी कर्मचारीको प्रोत्साहन भत्ता कटौती.

मेचीनगर । मेचीनगर नगरपालिकामा स्थायी कर्मचारीहरुले खाँदै आएको तलब बाहेकको दश प्रतिशत प्रोत्साहन भत्ता कटौती भएको छ । नगरपालिकाको प्रशासनले स्थायी कर्मचारीहरुलाई दिँदै आएको दश प्रतिशत प्रोत्साहन भत्ता कटौती गरेको हो । प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले नगरपालिकाले स्थायी कर्मचारीहरुलाई महङ्गी र स्थानीय भत्ता दुवै दिन नसकिने बताए । मेची नगरपालिका कार्यालयमा स्थायी, अस्थायी र […]

दशैँ अवधिमा झापामा सवारी दूर्घटनामा कमी

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on दशैँ अवधिमा झापामा सवारी दूर्घटनामा कमी.

झापा । यस वर्ष ट्राफिक प्रहरीको सक्रियता तथा जनचेतनामा अभिवृद्धि भएका कारण दशैँ पर्वको समयमा गत वर्षको तुलनामा सवारी दूर्घटनामा कमी आएको छ । यद्यपी, दशैँको अवधिमा मापसेलगायत सवारी कारवाहीबाट १२ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय झापाले जनाएको छ । चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा जाँच कसिलो पारेकाले दूर्घटना […]

सुपारी तस्करीले मारमा किसान

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on सुपारी तस्करीले मारमा किसान.

झापा । तेस्रो मुलुकबाट आयात भएको सुपारीका कारण किसान मारमा परेका छन् । झापामा खपत भएको भन्दाबढी सुपारीलाई व्यवस्थित गर्न लागिरहेका बेला तेस्रो मुलुकबाट आयातित सुपारीले नेपाली किसानलाई मारमा पारेको हो । नेपालमा उत्पादित र तेस्रो मुलुकबाट आएको खपत हुने भन्दाबढी सुपारी दिनहुँ लुकिछिपी भारत पुग्ने गरेकाले नेपाली किसानले सास्ती व्यर्होनु परेको छ । सुपारीको […]

चाडपर्वको मुखमा खुलेहाम कालोबजारी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on चाडपर्वको मुखमा खुलेहाम कालोबजारी.

झापा । चाडबाड जति नजिकिदैँ आउँछ यहाँका व्यापारीहरुको कालोबजारी धन्दा शुरु हुन्छ । व्यापारीहरुको यो पीडाले सर्वसाधारण वर्षेनि मारमा पर्ने गरेका छन् । व्यापारीको कालोबजारी धन्दा खुलेआम चलिरहँदासमेत सरोकारवाला निकाय र स्थानीय सरकार मौन बस्छन् । बजारमा सामानको दाम अचाक्ली बढिरहँदा पनि सरकार तथा सरोकारवाला निकाय अनुगमनमा नहिँड्नुले व्यापारीसँग साठगाँठ छ भन्ने सर्वसाधारणले बुझ्न थालेका […]

उखु खेतीमा किसानको आकर्षण बढ्दो

Published: (Updated: ) in समाज, by . Leave a Comment on उखु खेतीमा किसानको आकर्षण बढ्दो.

झापा । सरकारले चिनी आयातमा अंकुश लगाएको छ । केन्द्र सरकारले गत भदौ पहिलो सातादेखि चिनी आयातमा बन्देज लगाएको हो । व्यापारीले चिनीको अभाव देखाएर बजारमा मुल्य मनपरी गर्न थालेपछि सर्वसाधारणलाई सास्ती भएको छ । तर, झापाका किसानहरुले उखु खेतीबाट उत्पादन प्रशस्तै मात्रामा गर्न थालेका छन् । झापामा विभिन्न खालका अन्नबाली मासेर उखु खेती गर्नेहरु […]

झापा कारागारमा जबरजस्ती करणीका अभियुक्त सबैभन्दा धेरै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापा कारागारमा जबरजस्ती करणीका अभियुक्त सबैभन्दा धेरै.

झापा । देशभर शृङ्खलाबद्व रुपमा बलात्कारका घटना भइरहेको बेला झापा पनि त्यसबाट अछुतो रहेको छैन । झापामा वर्षेनि सयको हाराहारीमा बलात्कारका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय र कारागारको पछिल्लो तथ्याङ्कले पुष्टि गरेको छ । दुई महिना अघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भयो । यो घटना कसले गरायो ? आजका दिनसम्म […]

झापामा बलात्कारका घटना वर्षेनी बढ्दै

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on झापामा बलात्कारका घटना वर्षेनी बढ्दै.

झापा । देशभरि श्रङखलाबद्व रुपमा बलात्कारका घटना भइरहेको बेला झापा पनि त्यसबाट अछुतो रहन सकेको छैन । जिल्लामा पनि यो घटनाले व्यापक रुप लिइरहेको छ । झापामा वर्षेनि सयको हाराहारीमा बलात्कारका घटना हुन्छन् । जिल्ला प्रहरी र कारागारको पछिल्लो र गत वर्षको तथ्याङ्कले पनि यसको पुष्टि गर्छ । दुई महिना अघि मात्र कञ्चनपुरकी १३ वर्षिया […]

चिया र अदुवामा कर नउठाउँन अदालतको आदेश

Published: (Updated: ) in मुख्य समाचार, विविधा, by . Leave a Comment on चिया र अदुवामा कर नउठाउँन अदालतको आदेश.

झापा । पुनरावेदन अदालत इलामले जिल्ला समन्वय समिति झापालाई कृषिजन्य वस्तुको कर नउठाउन भन्दै पत्र पठाएको छ । जिल्ला समन्वय समिति झापाले भने विभिन्न शीर्षकमा कृषिजन्य वस्तुको निकासी कर बढाएर लिइरहेका बेला पुनरावेदन अदालत इलामले चिया र अदुवामा निकासी कर नलिन अन्तरिम आदेशसहितको पत्र पठाएको हो । एकसाता अघिमात्र इलामबाट झापा ल्याइएको अदुवामा जिससले काँकरभिट्टामा […]

काँकरभिट्टामा जौँ र गहुँको जुस पिउँनेको भीड

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on काँकरभिट्टामा जौँ र गहुँको जुस पिउँनेको भीड.

मेचीनगर । जौँ र गहुँको जुसका पारखी थपिँदै गएका छन् । काँकरभिट्टाको एउटा जुस वारमा दैनिक देखिने भीडले पनि यसको पुष्टि गर्छ । स्वास्थ्यका लागि अति आवश्यक भएकाले विभिन्न रोगका विरामीहरु काँकरभिट्टाको ‘अरोमा जुस बार’ मा आइपुग्छन् । यहाँ जौँ र गहुँको जुस पिउन सर्वसाधारणको घुइँचो लाग्छ । पछिल्लो समय जौँ र गहुँको जुसको माग […]