भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत शनिबार वी पी चौक सरसफाई तथा दुर्गा पञ्चायन मन्दिरमा फूलबारी निर्माण गरेको छ । संस्थाका सदस्यहरु, स्थानीय बासिन्दा तथा शुभ चिन्तकको टोलीले ‘हाम्रो वी पी चौक, राम्रो वी पी चौक’ निर्माण अभियान अन्तर्गत सरसफाई तथा फूलबारी निर्माण गरेका हुन् । […]
बिर्तामोड । ‘हाम्रो सहकारी, राम्रो सहकारी’ को नारालाई सार्थक बनाउँदै बिर्तामोडमा रहेको मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाले वित्तीय क्षमता र सामाजिक क्रियाशीलतामा सकारात्मक फड्को मारेको छ । आज यहाँ आयोजित संस्थाको सातौं वार्षिक साधारणसभामा अध्यक्ष खड्गप्रसाद दाहालले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा स्थापनाकालको त्यो क्षण र आजको यो क्षण तुलना गर्दा गौरव लाग्ने उल्लेख […]
बिर्तामोड । नेपाल सरकारअन्तरगत युवा तथा साना व्यवसायी स्वरोजगार कोषले झापाका २३ सय हाराहारी युवा उद्यमीलाई स्वरोजगार बन्न दिएको कर्जाको ब्याजमध्ये ६० प्रतिशत अर्थात् एक करोड १० लाख रुपैयाँ फिर्ता गर्दै रहेको जनाएको छ । कोषका प्रशासन प्रमुख लोकबहादुर खड्काले पहिलो चरणमा झापाका १८ वटा सहकारीमार्फत् युवालाई उद्यमशील बन्न लगानी गरिएको कर्जा समयमै बुझाएकाले उनीहरुलाई […]
दूधे । झापाको शिवसताक्षी रहेको छिमेकी वचत तथा ऋण सहकारी संस्थाले सोमबार एकै दिन नगरका दुई स्थानमा सेवा केन्द्र विस्तार गरेको छ । नगरको २ नम्बर वडा स्थित मंगलवारे र ५ नम्बर वडाको जनता वजारमा सेवा केन्द्र विस्तार गरेको संस्थाका अध्यक्ष गणेश प्रधानले जानकारी दिए । वि.सं.०६४ सालमा स्थापना भएको सो सहकारी संस्थामा करिव ८ […]
कमल । झापाको कमल गाउँपालिकामा मुख्य कार्यलय रहेर जिल्लाभर कार्यक्षेत्र भएको नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आगामी मंसीर ९ गते गर्ने साधारणसभाका लागि आज प्रतिनिधि छनौट गरेको छ । मंसीर ९ का लागि निर्धारित संस्थाको २०औं वार्षिक साधारणसभाको लागि प्रतिनिधि छनौट गरिएको हो । सहकारी मापदण्ड २०६८ मा व्यवस्था भए अनुसार र संस्थाको विनियम २०५५ […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि झापाले मंगलबार चारजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाले हरेक वर्ष आफ्ना शेयर सदस्यहरुका छोराछोरी मध्ये एसइइमा सर्वाेत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका २÷२ जनालाई छात्रवृत्ति रकम प्रदान गर्ने गरेको छ । सोहि अभियान अन्तर्गत धुलावारीको शाखा कार्यालयमा संस्थाको अतिरिक्त क्रियाकलाप तथा सामुदायिक सरोकार समितिले आयोजना […]
दूधे । शिवसाक्षीको दूधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा नारायण प्रसाद बजागाईँ निर्वाचित भएका छन् । शनिबार भएको मतदानबाट बजागाइँ निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षमा जापान थेवे निर्वाचित भएका छन् । सदस्यहरुमा अग्नीप्रसाद दुलाल, डिल्ली रमण खतिवडा, सन्तोष भण्डारी, पशुपति दाहाल, जगतबहादुर तुम्बापो, राजकुमार ठाकुुर, गोमा शाही, निर्मला प्रधान […]
भद्रपुर । झापा सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर झापाको हालै सम्पन्न साधारण सभा तथा अधिवेशनले आगामी ४ वर्षे कार्याकालका लागी पुन विवेक पोखेलको नेतृत्व ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेको छ । समितिको उपाध्यक्षमा हरि गौतम सचिवमा सुरेस श्रेष्ठ सह सचिवमा भरत पोख्रेल, कोषध्यक्षमा कल्पना पोख्रेल, त्यसैगरी सदस्य हरुमा टिकाराम उप्रेति […]
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार आज संस्थामा शेयर सदस्य रहेका २४५ जना एकल महिलालाई प्रोत्साहन भत्ता प्रदान गरेको छ । सामाजिक सुरक्षा उपसमितिका संयोजक डिल्लीराम सिटौलाको अध्यक्षतामा एकल महिला सम्मान तथा प्रोत्साहन कार्यक्रम चारपानेमा सम्पन्न भएको हो । सहारा नेपालमा एकल महिलालाई प्रोत्साहन तथा सम्मान कार्यको थालनी किन गरियो […]
बिर्तामोड । झापाको अर्जुनधारा-६ स्थित अपाङ्ग बाल सरोकार केन्द्रका बालबालिकालाई दसैंमा लगाउने लत्ताकपडा खरिदमा मद्दत गर्ने उद्देश्यले कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५० हजार रुपैयाँ प्रदान गरेको छ । कर्णालीले विपद् राहत कोष तथा दिगो फोहोर व्यवस्थापनका चुनौती र सम्भावना विषयक अन्तरक्रिया एवम् दसंैको शुभकामना आदानप्रदान कार्यक्रममा सरोकार केन्द्रका शिक्षक ढुण्डीराज कोइरालालाई सो रकम हस्तान्तरण गरेको थियो । […]