बिर्तामोड । यहाँस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले आज मंगलबार बिहान बिर्तामोड नगर परिक्रमासहित मुख्य सडक खण्डमा कोरोना भाइरसबाट जोगिन सचेतनामुलक प्रदर्शन गरेको छ । सचेतनामुलक नारा लेखिएको विभिन्न प्लेकार्ड तथा ब्यानर लिएर संस्थाको कार्यालय परिसरबाट सुरु भएको र्यालीले सहरका भित्री भागमा पुगेर पसल सञ्चालक तथा क्रेताहरुलाई मास्क लगाउन सचेत गराएको हो । भित्री […]
झापा । जुलाई महिनाको पहिलो शनिबार आज ९८औं अन्तर्राष्ट्रिय सहकारी दिवस । देशभर विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाइएको छ । राष्ट्रिय सहकारी महासंघले विचार गोष्ठी गरेर ललितपुरमा २७औं राष्ट्रिय सहकारी महासंघ दिवस मनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यमा महासंघ दिवस मनाइएको हो । सो कार्यक्रममा आफ्नो धारणा […]
मेचीनगर । तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था आज देखि नयाँ भवनमा सरेको छ । झापाको मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीबाट विगत १३ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको साकोसले बिहीबारदेखि नयाँ भवनबाट सेवा सुरु गरेको हो । संस्थाका अध्यक्ष टिकाराम रिजालको अध्यक्षतामा भएको नयाँ भवन शुभारम्भ कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष लीलाप्रसाद भण्डारी,निर्वतमान अध्यक्ष लेखनाथ पौडेल […]
विर्तामोड । झापामा जनस्तरबाट स्थापना गर्न लागिएको पीसीआर परीक्षण प्रयोगशालाका लागी बुधवार एकैदिन छ लाख १३ हजार रुपैयाँ सहयोग जुटेको छ । ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशालाका लागि उक्त रकम जुटेको हो । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा […]
बिर्तामोड । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी बिर्तामोड –५ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार रुपैयाँ प्रदान गरेको छ । शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउतले ‘एकका लागि एक’ अभियानका […]
सहकारी ऐन २०७४ ले व्यवस्था गरेको विशिष्टिकृत सहकारी संघहरु खुल्ने क्रम शुरु भएको छ । न्यूनतम् २५ वटा सहकारी संस्थाहरु मिलेर ठूलो व्यवसाय गर्ने परिकल्पना यहाँ गरिएको छ । देशमा सहकारीको संख्या धेरै भयो तर ठूलो व्यवसाय गर्ने र व्यवसाय विविधिकरणमा जाने कुरा खासै देखिएन । त्यसैले अब सहकारीले ठूलठूला व्यवसाय गर्नुपर्छ । सेवा, उद्योग, […]
गौरीगञ्ज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाले आफ्नो ४०औं सेवा केन्द्र आजदेखि गौरीगञ्ज गाउँपालिका १ कुञ्जिबारी बजारमा सञ्चालनमा ल्याएको छ । आज असार १५ गते बिहान संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले दिप प्रज्वलन गरेर तथा गुरु पुरोहितले मन्त्रोच्चारण गरी वैदिक विधिअनुसार सेवा केन्द्र उद्घाटन गरिएको हो । संस्थाका स्थानीय बासिन्दा सदस्यहरु र वडाध्यक्ष कार्तिकलाल राजवंशीको विशेष […]
भद्रपुर । राष्ट्रिय धान दिवस २०७७ को पालना गर्दै भद्रपुर नगरपालिका वडा नं ३ मा पञ्चेबाजासहित सामुहिक धान रोपाइँ गरिएको छ । किच्चकबध धार्मिक, ऐतिहासिक क्षेत्र विकास समितिका अध्यक्ष तथा सामाजिक ब्यक्तित्व दिलबहादुर थेवेको आयोजनामा आज पञ्चेबाजासहित सामुहिक धान रोपाइ गरिएको हो । प्रदेशसभाका सदस्य बसन्त बानियाँको आतिथ्यतामा सम्पन्न रोपाइँ दिवसमा किसान दाजुभाइ दिदिबहिनीहरुलाई छाता तथा […]
भद्रपुर । राष्ट्रिय धान दिवस २०७७ को अवसर पारेर भद्रपुर नगरपालिका १० स्थित सत्यलक्ष्मी कृषि सहकारी संस्थाले सामूहिक धान रोपाँइ सम्पन्न गरेको छ । “धान उत्पादनमा लागौं खाद्यन्नमा आत्मनिर्भर बनौं” नाराका साथ भद्रपुर नगरपालिका वडा नं. १० विपि टोल स्थित राधाकृण अधिकारीको खेतमा सामूहिक धान रोपाँइ गरिएको हो । संस्थाका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता एवम् […]
बिर्तामोड । साना मझौला व्यवसायी साकोसले पिसिआर ल्याब स्थापनाका लागि सहयोग गरेको छ । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी विर्तामोड –१ मा रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले ३१ हजार रुपैयाँ प्रदान गरेको हो […]