बुद्धशान्ति । अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सीमानामा पर्ने बिरिङ खोलाबाट गएराति इलाका प्रहरी कार्यालय बुधबारेको गस्ती टोलीले करिब २९ दशमलव ९२ क्यूविक फिट सखुवा जातको गोलिया काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायव निरीक्षक कृष्ण हुमागाईको नेतृत्वमा गएको गस्ती टोलीले राति १२ बजेतिर उक्त गोलिया काठसहित प्रयोगमा रहेको बा १३ […]
भद्रपुर । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ स्तरीय जुडो तथा हक्की प्रतियोगिताको छनोट खेल झापामा सुरु भएको छ । बुधबारबाट भद्रपुरस्थित मेची रङ्गशालामा सुरु छनोट खेलको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पोर्तेलले खेल र खेलाडीको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले नीति तथा […]
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले १ हजार २४० जना कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयहरुलाई सिफारिस गरेको छ । केन्द्रले जनाएअनुसार २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा १ हजार २४० जना कर्मचारीले नीति नियमको पालना नगरेको पाइएको थियो । सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेका अनुसार छड्को अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८९७ र […]
अष्ट्रेलिया । क्याथोलिक चर्चका धर्मगुरु तथा भ्याटिकनका पूर्व ट्रेजरर कार्डिनल जर्ज पेललाई अष्ट्रेलियाको एउटा अदालतले बाल यौन दुराचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ । अष्ट्रेलियाको भिक्टोरिया राज्यको काउन्टी अदालतले कार्डिनल पेललाई सन् १९९० को दशकमा मेलबर्न शहरमा दुई बालकमाथि यौन दुराचार गरेको अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको हो । क्याथोलिक इसाई धर्मका […]
चितवन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२:३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको जानकारी दिए । जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको […]
लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गामा आज बिहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा ६ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । सुरुङ्गा नगरपालिका वडा नं. ५ कुशहास्थित सुरुङ्गा खोलाको पूलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को […]
बिर्तामोड । सडक दूर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम यही फागुन ३० गतेदेखि शुरु गरिने भएको छ । महाअभियान समितिको आयोजना तथा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा हुने दोस्रो चरणको कार्यक्रमको उद्घाटन झापाको बिर्तामोडबाट गरिो आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रममा प्रभात फेरी, ट्राफिक […]
झापा । अमेरिका निवासी झमक कार्की र नारायणी कुँवरकी छोरी सिज्जू कार्कीसँग नेपालमा आएर फागुन २६ गते सौरभ पौड्यालको विवाह भयो । अमेरिकाको बोस्टन सहरमा बस्ने शिवप्रकाश पौड्याल र ज्योत्सना मिश्रका छोरा सौरभको काठमाडौंमा आएर विवाह गरेकोमा चाहिँ समाचार बनाइएको पक्कै होइन । छोराको विवाहका अवसरमा पौडेल परिवारले प्रस्तुत गरेको समाचारयोग्य रचनात्मक कार्यले यसतर्फ पक्कै […]
बिर्तामोड । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवम् विकासका लागि के कस्ता प्रयासहरु आवश्यक छन् भनी आज झापाको बिर्तामोडमा सुझाव संकलन गरिएको छ । प्रदेश १ मा गठित भाषा, साहित्य, कला, संस्कृति सम्बन्धी कार्यदलले झापाका साहित्य, कला, संस्कृति लगायत क्षेत्रमा क्रियाशिल अग्रज तथा युवाको सहभागितामा सुझाव संकलन गरिएको हो । कार्यदलका संयोजक प्राध्यापक डाक्टर […]
झापा । चौथो संस्करणको झापा गोल्डकपमा फाइनल यात्रा तय गरेका झापा ११ र त्रिभुवन आर्मी क्लब दुवै टिमका प्रशिक्षक र क्याप्टेनले उपाधि उचाल्न आफुहरु आतुर रहेको दाबी गरेका छन् । भोलि सोमबार उपाधिका लागि आयोजक झापा ११ र त्रिभुवन आर्मी क्लब डोमालाल राजवंशी रंगशालामा भिड्न लागेका छन् । झापा गोल्डकपको चारवटा संस्करणमध्ये दुईवटा संस्करणको फाइनलमा […]