Sajhamanch Archive

अलैंची व्यवसायी महासंघको अध्यक्षमा कार्की निर्वाचित

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति by . Leave a Comment on अलैंची व्यवसायी महासंघको अध्यक्षमा कार्की निर्वाचित.

धनकुटा । नेपाल अलैंची व्यवसायी महासंघको अध्यक्षमा राजकुमार कार्की निर्वाचित भएका छन् । आइतबार धनकुटाको हिलेमा भएको महासंघको छैटौं साधारणसभा तथा तेस्रो महाधिवेशन अन्तरगतको निर्वाचन प्रक्रियामा अर्का प्रतिष्पर्धी ओमकृष्ण बिमलीलाई हराउँदै कार्की विजयी भएका हुन् । तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बिमलीले ४१ मत प्राप्त गर्दा कार्कीले १११ मत ल्याएका थिए […]

धितोपत्र बोर्डः कर्मचारी भित्रै, आन्दोलनकारीको ताला ढोकामा

Published: in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on धितोपत्र बोर्डः कर्मचारी भित्रै, आन्दोलनकारीको ताला ढोकामा.

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाउँदा बोर्डका कर्मचारी थुनिएका छन् । सेयर बजार सुधार र विस्तारका लागि भन्दै केही साता पहिले चरणबद्ध आन्दोलनको घोषणा गरेको सेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार बिहान जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो । ताला लगाउन समूह दबाव समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला […]

अलैंची व्यवसायी महासंघमा अध्यक्ष बाहेक पदाधिकारी सर्वसम्मत

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अलैंची व्यवसायी महासंघमा अध्यक्ष बाहेक पदाधिकारी सर्वसम्मत.

धनकुटा । नेपाल अलैंची व्यवसायी महासंघको धनकुटामा जारी महाधिवेशनमा अध्यक्ष बाहेकका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको थाहा भएको छ । अध्यक्ष पदमा वर्तमान महासचिव ओमकृष्ण बिमली र अर्का व्यवसायी राजकुमार कार्कीले आवेदन गरेका छन् । विगत लामो समयदेखि अध्यक्षको दावी गर्दै आएका दिनेश मित्तलले मनोनयन दर्ता गरेनन् । निर्वाचन समिति अध्यक्ष पदमा पनि सर्वसम्मत गराउने पक्षमा […]

दुवईका नेपाली व्यवसायी एकीकृत हुँदै

Published: in अर्थतन्त्र, परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on दुवईका नेपाली व्यवसायी एकीकृत हुँदै.

दुवई । यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापुर्वक व्यापार गरिरहेका तीन लोकप्रिय नेपाली ट्राभलहरु मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीनवटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका छन् । बरदुवईमा सञ्चालित शुभयात्रा ट्राभल एन्ड टुरिजम, काठमाडौं ट्राभल एन्ड टुरिजम र अल जजिरा अल तविला टुरिजम एलएलसी आपसमा गाभिएर शुभयात्रा ट्राभल एन्ड टुरिजमको […]

फेब्रिकको माला बनाउँदै बिर्तामोडका महिला (भिडियो रिपोर्ट)

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on फेब्रिकको माला बनाउँदै बिर्तामोडका महिला (भिडियो रिपोर्ट).

बिर्तामोड । बिर्तामोड नगरपालिकाका २० जना महिलाले फेब्रिकको माला तथा ब्याच बनाउने सात दिने तालिम प्राप्त गरेका छन् । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा कान्तिपुर सुदुरपश्चिम टेक्निकल कलेजले तालिमको संयोजन गरेको थियो । गत फागुन २५ गतेदेखि ३० गतेसम्म महेन्द्र रत्न माविको स्रोतकेन्द्र भवनमा सञ्चालित हस्तकला तालिमको सहजीकरण हेटौंडाकी कमला सुवेदीले गरेकी हुन् । नेपाल ललितकला […]

‘सरकारको अबको कार्यदिशा तीव्रगतिको आर्थिक समृद्धि नै हो’ : मुख्यमन्त्री राई

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘सरकारको अबको कार्यदिशा तीव्रगतिको आर्थिक समृद्धि नै हो’ : मुख्यमन्त्री राई.

धनकुटा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समग्र देशको विकास र आर्थिक समृद्धिमा अलैंचीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । मुख्यमन्त्री राईले चाँडै अलैंची बोर्ड गठन गर्ने प्रतिवद्धता पनि जनाएका छन् । धनकुटाको पर्यटकीय नगरी हिलेमा शनिबार शुरु भएको नेपाल अलैंची व्यवसायी महासंघको छैठौं साधारणसभा तथा तेस्रो महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका […]

संघर्ष गर्न बिर्तामोडका युवा रमेश नेपालसँग सिक्ने कि !

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on संघर्ष गर्न बिर्तामोडका युवा रमेश नेपालसँग सिक्ने कि !.

कृषि पेशामा आश्रित भए पनि नेपाल परिवारको आफ्नै जमिन थिएन । अर्काको अधियाँ खेती गर्दा उब्जिएको र आफ्नो भागमा परेको अन्नले हातमुख जोर्नु पथ्र्यो । तर पनि वर्षभरि पुर्याउन धौधौ हुन्थ्यो । हाल अर्जुनधारा ८ झापामा बसोबास गरी बिर्तामोडको पुरानो भद्रपुररोड किनारको सटरमा सेनिटरी पसल गर्ने रमेश नेपाल (३८)–को बाल्यकाल उति सुखद थिएन । बाल्यवस्थामात्र […]

पर्यटन श्रमिकहरु आन्दोलित, पर्यटन बोर्डमा तालाबन्दी गरिदिने चेतावनी

Published: in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पर्यटन श्रमिकहरु आन्दोलित, पर्यटन बोर्डमा तालाबन्दी गरिदिने चेतावनी.

काठमाडौ । पर्यटन श्रमिकहरुको कार्यक्षेत्रमा पाउनुपर्ने सेवा सुविधा कार्यान्वयनको माग गर्दै पर्यटन क्षेत्रको श्रमिक संगठन युनिट्राभले आन्दोलनको घोषणा गरेको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरी युनिट्राभले सबै पर्यटन क्षेत्रमा श्रमिकले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै आन्दोलनको घोषणा गरेको हो । युनिट्राभले सरकारका सम्बन्धित वन तथा वातावरण, श्रम, गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच […]

शहीद धर्मभक्त माविको स्वर्ण महोत्सवबाट ११ लाख रुपैयाँ बचाइयो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on शहीद धर्मभक्त माविको स्वर्ण महोत्सवबाट ११ लाख रुपैयाँ बचाइयो.

कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खास्थित शहीद धर्मभक्त माद्यमिक विद्यालयले आफ्नो स्वर्ण महोत्सवमा भएकोे आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । स्वर्ण महोत्सवको उपलक्ष्यमा विद्यालयले २५ लाख ९ हजार ३०८ रुपैयाँ आम्दानी गरेको छ । यसरी नै १४ लाख १८ हजार ९८८ रुपैयाँ खर्च गरी १० लाख ९० हजार ३२० रुपैयाँ बचत […]

एक्सल बैंकको दुई ओटा शाखा विस्तार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on एक्सल बैंकको दुई ओटा शाखा विस्तार.

विर्तामोड । झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले दुई ओटा शाखा विस्तार गरेको छ । झापाको कचनकवल गॉउपालिका बडा नंं ६ स्थित बनियानी बजार र भद्रपुर नगरपालिका वडा नंं २ स्थित सोमवारे चोकमा गरी दुई वटा शाखा सञ्चालनमा ल्याएको छ । बनियानी शाखाको कचनकवल गॉउपालिकाका प्रमुख अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकका संचालक […]