Sajhamanch Archive

सार्वजनिक बिदा नभनि सरकारी गाडी चलाउने ६३ जना परे कारबाहीमा

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on सार्वजनिक बिदा नभनि सरकारी गाडी चलाउने ६३ जना परे कारबाहीमा.

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक बिदाका दिन बिनापास सरकारी गाडी प्रयोग गर्ने विभिन्न सरकारी कार्यालय तथा संस्थानका पदआधिकारीहरु कारबाहीमा परेका छन्। शुक्रबार र शनिबार विभिन्न सरकारी कार्यालय तथा संस्थानका गाडी चलाउने ६३ जना कारबाहीमा परेको काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार नारी दिवसका दिन शुक्रबार सरकारी गाडी […]

ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु.

धनकुटा । साँगुरीगढी गाउँपालिका–६ कन्यापोखरीमा ट्रयाक्टर पल्टिँदा धनकुटाकै चौबिसे गाउँपालिका–३ का ट्रयाक्टर चालक ३० वर्षीय मोहनसिंह तामाङको मृत्यु भएको छ । शनिबार राति करिब साढे ११ बजेतिर भेंडेटारबाट राजारानी जाँदै गरेको को १ त ५७६५ नम्बरको ट्रयाक्टर पल्टिएको हो भन्ने प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते तामाङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा […]

१०५ केजीसहित धादिङबाट तीन जनालाई पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १०५ केजीसहित धादिङबाट तीन जनालाई पक्राउ.

काठमाडौं । प्रहरीले १०५ केजीसहित धादिङबाट तीन जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसमा लुकाई राखेको १०५ किलो चरेशसहित धादिङको गजुरीबाट तीन जनालाई नियन्त्रणमा लिइएको धादिङ प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बस चालक लालबहादु शाह समेत छन्। अन्यमा अनिल चौधरी र श्रीराम साह रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई […]

महेशपुर रेडक्रस उपशाखाको रजत जयन्ती, सात जना सम्मानित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महेशपुर रेडक्रस उपशाखाको रजत जयन्ती, सात जना सम्मानित.

भद्रपुर । महेशपुर रेडक्रस उपशाखाको रजत जयन्ती तथा १६ औं सभा सम्पन्न गरिएको छ । उपशाखाका सभापति श्यामदेव दाशको अध्यक्षता तथा भद्रपुर नगरपालिककी उप–प्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा उपशाखा स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने ७ जनालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा जग्गादाता चमकलाल राजवंशी, पूर्व सभापति उपेन्द्रनाथ पौडेल, गोपाल घिमिरे, […]

एकै मञ्चबाट विद्यालय, विद्यार्थी, शिक्षक र पत्रकार पुरस्कृत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एकै मञ्चबाट विद्यालय, विद्यार्थी, शिक्षक र पत्रकार पुरस्कृत.

झापा । झापाको शान्तिनगरमा स्थापित पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानले आज मेचीनगरको धुलाबारीमा विशेष कार्यक्रम आयोजना गरेर पवित्रा–भेषराज खतिवडा स्मृति पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले यसवर्षको उत्कृष्ट विद्यालयका रुपमा बुद्धशान्ति गाउँपालिका– ५ शान्तिनगरस्थित गढीगाउँ माध्यमिक विद्यालयलाई छनोट गरी नगद ५१ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरेको हो । यसैगरी वर्ष उत्कृष्ट शिक्षकका रुपमा धुलाबारी माविका सहायक […]

जलेश्वर धामको प्रवद्र्धनमा सरकारले सहयोग गर्ने 

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जलेश्वर धामको प्रवद्र्धनमा सरकारले सहयोग गर्ने .

अर्जुनधारा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वर धामकोे दीर्घकालिन विकासका लागि गुरुयोजना बनाई प्रस्ताव आएमा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । धाम समितिले आज शनिबार आयोजना गरेको कार्यक्रममा उपप्रधान मन्त्री पोखरेलले सयौं वर्ष टिक्ने व्यवस्थित गुरुयोजना बनाउन आग्रह गरेका हुन् । राजनीतिक विचारले मान्छेलाई विभाजन गर्न […]

टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु, टिपर चालकको खोजी कार्य

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु, टिपर चालकको खोजी कार्य.

गाईघाट । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ घुम्तिमा शनिबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ। मोटरसाइकलमा सवार अर्का एक व्यक्ति घाइते भएका छन्। मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग भएको ना १ क ८३४७ नम्बर टिपरले बा ९३ प ९४३२ नम्बरको मोटरसाईललाई ठक्कर दिँदा मोटरसाईलमा सवार उदयपुरगढी गाउँपालिका ७ का ४८ वर्षीय बलबहादुर […]

शंकास्पद मृत्युमा पनि पोष्टमोर्टम गर्न परिवारको आनाकानी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शंकास्पद मृत्युमा पनि पोष्टमोर्टम गर्न परिवारको आनाकानी.

फिदिम । पाँचथरको फिदिम नगरपालिका १२ नागिनका २९ वर्षीय बिनोद थुलुङ राई मृत अवस्थामा भेटिएका छन् । शुक्रबार गोठमा आगो लागेर दुईवटा गाई जलेर मरेपछि भौतारिँदै घरबाट बाहिरिएका राईलाई दिउँसो मृत अवस्थामा भेटिएको हो । आगो लागेर गाई मरेपछि घरबाट निस्किएका बिनोदलाई उनकै दाजु सन्तोष राईको घरमा मृत भेटिएको वडाध्यक्ष प्रेमनारायण आचार्यले जानकारी दिए । […]

गोठमा आगलागी, ९ चौपाय जले

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गोठमा आगलागी, ९ चौपाय जले.

विराटनगर । विराटनगर महानगरपालिका–१२ का लखन मण्डल र शिवशंकर मण्डलको गाई वस्तु बाँध्ने गोठमा शनिबार बिहान आगलागी हुँदा नौ चापाय जलेर मरेका छन्। लखनको टिनको छानो भएको गोठमा लामखुट्टे भगाउन बालिएको घुरबाट बिहान ४ बजे आगो सल्किएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। आगोमा जलेर गोठमा बाँधेका दुईवटा गाई र सातवटा बाख्रा मरेका […]

कर्णालीमा डुंगा पल्टिँदा एकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कर्णालीमा डुंगा पल्टिँदा एकको मृत्यु.

दैलेख । कणाली नदीमा डुंगा पल्टिँदा दैलेखको आठबिस नगरपालिका–६ का ५५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको छ। राकमबजारमा होटल सन्चालन गर्दै आएका शाहीको शुक्रबार नदीमा डुबेर मुत्यु जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। कर्णाली नदीमा माछा लिन गएका बेला डुंगा पल्टिँदा शाही डुबेका थिए। डुंगा पल्टिएलगत्तै स्थानीयहरु उद्धारमा लागे पनि शाहीलाई नदीबाट […]