काँकरभिट्टा । ‘प्रथम मेचीनगर डिभिजन स्नुकर टुर्नामेन्ट’ शुक्रबारबाट काँकरभिट्टामा सुरु भएको छ । ब्ल्याक एट पुल एण्ड स्नुकर क्लब काँकरभिट्टाले ३ दिवशीय टुर्नामेन्टको आयोजना गरेको हो । सोमबार समापन हुने टुर्नामेन्टको उद्घाटन मेचीनगर ६ नम्बर वडा अध्यक्ष ललित तामाङ्गले गरेका छन् । मेचीनगरलाई खेलकुदको उर्वरभूमिका रुपमा अथ्र्याउँदै स्नुकर खेल विधाका दक्ष खेलाडी उत्पादन गर्न प्रमुख […]
मेचीनगर । एक नम्बर प्रदेशस्तरीय जुडो प्रतियोगिता बिहीबार झापाको भद्रपुरमा सम्पन्न भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने प्रदेशस्तरीय खेलाडी छनोटका लागि मङ्गलबारबाट सो प्रतियोगिता सुरु भएको थियो । मेची कर्भड हलमा सम्पन्न उक्त प्रतियोगितामा झापा, मोरङ, सुनसरी, इलाम र सोलुखुम्बु गरी ५ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जिल्लास्तरीय प्रतियोगितामा छनोट हुँदै […]
काँकरभिट्टा । भोलीदेखि बंगलादेशको राजधानी ढाकामा हुने विश्व बुद्धिचाल महासंघ फिडेको अफिसियल प्रतियोगिता एशिया जोनल ३ दशमलव २ मा सहभागी जनाउन विहीबार नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपालको प्रतिनिधित्व गदैं अन्तर्राष्ट्रिय आरविटर यज्ञ पन्त पूर्व नेपाल च्याम्पियन केशव विष्ट र महिला फिडे माष्टर सुजना लोहनी प्रस्थान गरेका हुन् । प्रतियोगितामा बंगलादेश, नेपाल, भुटान, […]
भद्रपुर । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ स्तरीय जुडो तथा हक्की प्रतियोगिताको छनोट खेल झापामा सुरु भएको छ । बुधबारबाट भद्रपुरस्थित मेची रङ्गशालामा सुरु छनोट खेलको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पोर्तेलले खेल र खेलाडीको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले नीति तथा […]
विराटनगर । विराटनगर महानगरपालिकाले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन सदस्यलाई ब्राण्ड एम्बेस्टर घोषणा गरेको छ । राष्ट्रीय टोलीमा सहभागी मोरङका सरु लिम्बु, मनमाया लिम्बु र कबिता धिमाललाई ब्राण्ड एम्बेस्टर घोषणा गरेको हो । सशस्त्र प्रहरी बलबाट फुटबल खेल्दै आएकी सरु पथरी र मनमाया लेटाङका हुन् । उर्लाबारीकी कबिता आर्मी क्लबाट फुटबल खेल्दै आएकी छन् […]
विराटनगर । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले चिरप्रतिद्धन्द्वी टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ । विराटनगरको शहीद रंगशालामा पूर्वप्रधानमन्त्री एंव नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि दिउँसो ३ बजे उक्त खेल सुरु हुने छ । पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको भुटानलाई पराजित गर्दै नेपाली टोली सुखद सुरुवात गर्ने तयारीमा छ । साफको पाँचौं संस्करणसम्म […]
बिर्तामोड । मगमग झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ । सोमबार सम्पन्न फाइनल खेलमा घरेलु टोली झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधि जितेसँगै आर्मीले नगद १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ । उपविजेता झापाले नगद ६ लाख ५ हजार पाएको छ […]
झापा । चौथो संस्करणको झापा गोल्डकपमा फाइनल यात्रा तय गरेका झापा ११ र त्रिभुवन आर्मी क्लब दुवै टिमका प्रशिक्षक र क्याप्टेनले उपाधि उचाल्न आफुहरु आतुर रहेको दाबी गरेका छन् । भोलि सोमबार उपाधिका लागि आयोजक झापा ११ र त्रिभुवन आर्मी क्लब डोमालाल राजवंशी रंगशालामा भिड्न लागेका छन् । झापा गोल्डकपको चारवटा संस्करणमध्ये दुईवटा संस्करणको फाइनलमा […]
बिर्तामोड । नेपालकै प्रतिष्ठित एवम् ठूलो रकमको पुरस्कार राशि भएको झापा गोल्डकप २०७५को जारी प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमी फाइनल खेलमा आर्मी क्लबले क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा झापा ११ सँगको भेट पक्का गरेको हो । आर्मीले दाउफिन्सका खेलाडीको आत्मघाति गोलको […]
भद्रपुर । झापाको भद्रपुरमा सञ्चालित नगरपालिकाका कर्मचारीहरुको नकआउट फुटबल प्रतियोगिताको उपाधि विर्तामोड नगरपालिकाले जितेको छ । मेची रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई २–० गोलअन्तरले पाखा लगाउँदै विर्तामोडले नगरपालिका कर्मचारीस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि चुमेको हो । दुबै गोल मध्यान्तरअघि भएको थियो । अर्जुनधाराले उत्कृष्ट खेल प्रदर्शन गरे पनि गोल गर्न नसक्दा खेलमा फर्किन […]