यूएई । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) यूएईमा नेपाल एसोसिएसनको नाम विधिवत दर्ता भएको छ । यूएई सरकारको निकाय कम्युनिटी डेभलपमेन्ट अथोरिटी अन्तर्गत दर्ता भएको हो । अबका दिनमा संस्थाले सामाजिक, साँस्कृतिक, खेलकुद, सेवा सहयोग र मनोरञ्जनको क्षेत्रमा कानुनी रुपले काम गर्ने सक्नेछ । रमेश श्रेष्ठ अध्यक्ष रहेको १० सदस्यीय कार्यसमितिमा […]
मेचीनगर । मेचीनगर नगरपालिकाको तेस्रो नगरसभा आइतबारबाट शुरु भएको छ । १ नम्बर प्रदेशको गाउँ र नगरसभा सञ्चालनको लागि व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ३ को उपदफा १ अनुसार मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले तेस्रो नगरसभाको कार्यसूचीसहित सूचना आव्हान गरेका थिए । मेचीनगर वडा नम्बर १४ को सभाहलमा प्रदेशसभा सदस्यत्रय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १ सूर्यनगर टोलको विभूतिमार्गमा ढलसहित कालोपत्रे गर्ने कार्यको आज शिलान्यास गरिएको छ । अर्जुनधारा नगरपालिका वडा नं. ५ र बिर्तामोड नगरपालिका वडा नं. १ को सिमानाबाट ८०० मिटर सडक कालोपत्रे गरिने भएको हो । अधिवक्ता तेजप्रसाद कट्टेलको संयोजकत्वमा गठित ९ सदस्यीय उपभोक्ता समितिले आज विशेष कार्यक्रमको आयोजना गरी प्रतिनिधिसभाका सदस्य […]
बिर्तामोड । बिर्ताबजारस्थित महेन्द्ररत्न सितेरियो कराँते डोजोबाट पहिलो ब्याचमा ब्लाक बेल्ट प्राप्त गर्ने १९ जना खेलाडीहरुलाई आज प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषदमा आवद्ध रहेको नेपाल सितोरियो कराँते डो एशोसिएसनले ती खेलाडीहरुलाई फस्ट डानको प्रमाणपत्र प्रदान गरेको हो । ओली एण्ड एशोसिएट्स बिर्तामोड शाखाको हलमा आयोजित कार्यक्रममा सो संस्थाले खेलाडीहरुलाई प्रशंशापत्र, मेडल र […]
झापा । झापाको शान्तिनगरमा स्थापित पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानले आज मेचीनगरको धुलाबारीमा विशेष कार्यक्रम आयोजना गरेर पवित्रा–भेषराज खतिवडा स्मृति पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले यसवर्षको उत्कृष्ट विद्यालयका रुपमा बुद्धशान्ति गाउँपालिका– ५ शान्तिनगरस्थित गढीगाउँ माध्यमिक विद्यालयलाई छनोट गरी नगद ५१ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरेको हो । यसैगरी वर्ष उत्कृष्ट शिक्षकका रुपमा धुलाबारी माविका सहायक […]
अर्जुनधारा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वर धामकोे दीर्घकालिन विकासका लागि गुरुयोजना बनाई प्रस्ताव आएमा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । धाम समितिले आज शनिबार आयोजना गरेको कार्यक्रममा उपप्रधान मन्त्री पोखरेलले सयौं वर्ष टिक्ने व्यवस्थित गुरुयोजना बनाउन आग्रह गरेका हुन् । राजनीतिक विचारले मान्छेलाई विभाजन गर्न […]
झापा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको सहकारी अभियानमा एनएमसीको चर्चा बारम्बार हुने गरेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले पनि यो संस्थाको कार्यक्रमप्रति विभिन्न स्थानमा प्रेरक चर्चा गर्ने गरेको उनको भनाई छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २६औं वार्षिकोत्सव समारोहमा आज आफ्नो मन्तब्य राख्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले उक्त कुरा बताएका […]
काठमाडौं । पृथकतावादी आन्दोलन छोडेर मुल धारको राजनीतिमा आएका डा सिके राउतको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसंशामा शब्द खर्चिएका छन्। राष्ट्रिय सभा गृहमा भएको विशेष सम्बोधनका क्रममा मञ्च शेयर गर्दै प्रधानमन्त्री ओलीले सिके राउतसँग असाधारण क्षमता रहेको बताए। उनले सिके राउत देखाएर तराईमा स्वार्थका रोटी सेक्ने धेरैको बाटो बन्द भएको समेत बताए। ‘सिके राउत देखाएर […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई नेकपा भन्न लाज लागेको बताएका छन्। राष्ट्रिय सभा गृहमा भएको विशेष सम्बोधनका क्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई इंगित गर्नै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। उनले भने, “नेकपा भन्न लाज हुन्छ। विप्लव समूहले पनि नेकपा हुँ भन्छ, आफूले पनि नेकपा नै भन्नुपरेको छ । बन्दुक, एसएमजी राख्ने, मान्छे […]
काठमाडौं । सरकार र स्वतन्त्र मधेश आन्दोलनका नाममा पृथकतावादी गतिविधि सञ्चालन गर्दै आएको सीके राउतबीच ११ बुँदे सहमति भएको छ । राष्टिय सभागृहमा आयोजित कार्यक्रममा सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनको तर्फबाट सीके राउत (चन्द्रकान्त)ले हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हस्ताक्षर भएको हो । राज्यविरुद्धको अपराधलगायत सम्पूर्ण मुद्दा फिर्ता लिने […]